धनुषा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा अवरोध गर्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार विमानस्थल अगाडिबाट ११ जनालाई पक्राउ गरिएको हो । ओलीलाई कालोझण्डा देखाउन खोजेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।

OM Sai Pathibhara Hospital

ओली सोमबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न र विभिन्न पार्टीबाट आउनेहरुलाई प्रवेश गराउन जनकपुर पुगेका छन् ।