काठमाडौं। देशको राजनीतिक समीकरण फेरि तरंगित भइरहेका बेला तीन प्रमुख नेताको विराटनगर भेटघाटले नयाँ राजनीतिक चर्चा सुरु गरेको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शुक्रबार नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाको विराटनगरस्थित निवास पुगेर भेटवार्ता गरेका हुन्।कोइराला सचिवालयका अनुसार तीन नेताबीच देशको समसामयिक राजनीतिक अवस्था, विकसित घटनाक्रम र आगामी रणनीतिका विषयमा छलफल भएको छ। यद्यपि भेटमा कुनै औपचारिक निर्णय भने नभएको जनाइएको छ।यस भेटलाई पछिल्ला राजनीतिक घटनाक्रमबीच प्रमुख दलका नेताहरूबीच संवाद बढाउने प्रयासका रूपमा पनि हेरिएको छ। स
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता हरि ढकालले चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनले समावेशिकरणलाई विशेष प्राथमिकता दिएको दावी गरेका छन् ।महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित टिमभित्र समावेशिकरणलाई विशेष ध्यान दिइएको बताए । उनले संगठनात्मक सुदृढीकरण, समावेशिता र कार्यकर्ताको भूमिकालाई विशेष रुपमा मूल्यांकन गरिएको पनि बताए । ढकालले तल्लो तहसम्म संगठन अझै पूर्ण रूपमा प्रशिक्षित भइनसकेको स्वीकार गर्दै पार्टीभित्रको नेतृत्व चयन प्रक्रियामा कुनै कमजोरी नभएको पनि बताए । उनका अनुसार भूगोलमा सक्रिय रूपमा खटिने, संगठन निर्माण र आन्दोलनमा योगदान दिनेहरुलाई देशभरबाट आएका प्रतिनिधिह
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदको प्रतिस्पर्धा मतदानअघि नै रोचक मोडमा पुगेको छ। महामन्त्रीका उम्मेदवार जगदीश खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिँदै पार्टीभित्र सहमति र एकतालाई प्राथमिकता दिएको बताएका छन्।सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्दै खरेलले पार्टीले अझै लामो राजनीतिक यात्रा तय गर्न बाँकी रहेकाले व्यक्तिगत प्रतिस्पर्धाभन्दा संगठनको एकता महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। नेताहरूको सल्लाह र सहमतिलाई सम्मान गर्दै उम्मेदवारी फिर्ता लिएको उनको भनाइ छ।रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका खरेलले महामन्त्री पदका लागि दाबी प्रस्तुत गरेका थिए। तर अन्तिम समय
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन लम्बिँदा प्रतिनिधिसभाको बैठक पुनः प्रभावित भएको छ ।महाधिवेशन नसकिएकै कारण बैठक दोस्रोपटक स्थगित गरिएको हो । आज दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक शनिबार बिहान ११ बजेसम्मका लागि सारिएको छ । यसअघि पनि बैठकको मिति दुईपटक परिवर्तन भइसकेको थियो । आजको बैठकमा पाँच वटा महत्त्वपूर्ण विधेयक तथा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची थियो ।कार्यसूचीअनुसार प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्ने कार्यक्र
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महिला उपसभापति पदमा अब डा। तोशीमा कार्की र सोबिता गौतमबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीमा महिला उपसभापतिका लागि यी दुई नेताको नाम कायम भएपछि नेतृत्व चयन मतदानबाट हुने निश्चित भएको हो।पार्टीभित्र सहमतिको प्रयासका क्रममा वर्तमान कोषाध्यक्ष लिमा अधिकारीलाई पनि महिला उपसभापतिको उम्मेदवार बनाउने चर्चा भएको थियो। तर डा। तोशीमा कार्की र सोबिता गौतम दुवैले उम्मेदवारी नफिर्ता लिने अडान राखेपछि अधिकारीले उम्मेदवारीबाट पछि हटेकी हुन्।पार्टी स्रोतका अनुसार नेतृत्वले कानुनमन्त्रीसमेत रहेकी सोब
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्नुहुने छ ।त्यसपछि मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखी उक्त विधेयक सदनमा प्रस्तुत गर्नुहुने कार्यसूची छ ।अर्थमन्त्री स्वर्णिम
काठमाडौं— खर्च अभावका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई शुक्रबार बिहानको चिया मात्र उपलब्ध गराइएको छ । व्यवस्थापनले आर्थिक स्रोतको अभाव देखाउँदै आज प्रतिनिधिहरूका लागि भोजनको व्यवस्था नगरेको जनाएको छ ।ढिलाइ र विभिन्न विवादका कारण छैटौं दिनसम्म लम्बिएको महाधिवेशन आज नयाँ पदाधिकारी चयनसँगै सम्पन्न गर्ने तयारी गरिएको छ । आर्थिक व्यवस्थापनमा देखिएको कठिनाइका बीच महाधिवेशन सञ्चालन भइरहेको हो ।महाधिवेशनको अन्तिम दिन आज नयाँ पदाधिकारी चयनसँगै कार्यक्रम सम्पन्न गर्ने तयारी गरिएको छ ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य शिशिर खनाल महामन्त्रीको दाबीबाट पछि हटेका छन् ।शुक्रबार सामाजिक सञ्जालमा लेख्दै परराष्ट्रमन्त्री समेत रहेका खनालले आफू पार्टीको महामन्त्री पदको दाबीबाट पछि हटेको जानकारी गराएका हुन् ।उनले लेखेका छन्, ‘सहमतिको चाहना लाई सम्मान गर्दै ,पहिलो ऐतिहासिक महाधिवेशन बाट प्राप्त उपलब्धिको संस्थागत विकास र पार्टीलाई थप सशक्त बनाउन मैले दाबी गरेको पार्टीको महामन्त्री पदको निर्वाचनबाट पछि हट्ने निर्णय गरेको छु । यस निर्णयले अन्य आकांक्षी साथीहरूलाई पनि सहमतिको बाटोमा जान सहज बनाउनेछ भन्ने अपेक्षा लिएको छु ।’उनले पार्टीलाई थप सशक्त बनाउन
काठमाडौं— राष्ट्रिय सभा अन्तरगत शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक विहान १०ः३० बजे समितिको सभाकक्षमा बस्नेछ ।बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति र सुदुरपश्चिम प्रदेशको प्रदेश सभा अन्तर्गतको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिबीच तहगत व्यवस्थापिका तथा वित्तीय अन्तरसम्बन्ध र प्राकृतिक स्रोत व्यवस्थापनसँग सम्बन्धित विषयहरुमा छलफल हुने कार्यसूची छ ।बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सुदूरपश्चिम प्रदेश सभाको अर्थ अध्यक्षलाई आमन्त्रण गरिएको छ ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पाटीको (रास्वपामा) सभापतिपछिको महत्वपुर्ण मानिएको महामन्त्री पदमा शक्तिशाली नेताहरुले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्यको नतिजा आएसँगै पदाधिकारीमा उम्मेदवारी घोषणाको प्रतिस्पर्धा देखिएको छ ।अहिलेसम्म ६ जनाले महामन्त्रीमा उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । अझै सबै केन्द्रीय सदस्यको पूरा नतिजा सार्वजनिक गरिएको छैन । तर खुला केन्द्रीय सदस्यमा जितेकाहरूले महामन्त्रीमा उम्मेदवारी घोषणा सामाजिक सन्जालबाटै गरेका हुन् ।खुला केन्द्रीय सदस्यमा तेस्रो नम्बरमा मत ल्याएका शिशिर खनाल, चौथो नम्बरमा मत ल्याएका सागर ढकाल, छैठौँ नम्बरमा मत ल्याएकी रन्जु दर्शना, सात
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.