काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य नहुने बताएकी छन् ।उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको बताएकी हुन् । उनले लेखेकी छन,‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन । युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो । तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन ।’ प्रधानमन्त्री कार्कीले गृह प्रशासन र
काठमाडौं— आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको १३८ औँ बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा मा सरोकारवाला/विज्ञसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
काठमाडौं— नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत अमेरिकाले थप ५ करोड अमेरिकी डलर (करीब ७ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेको छ ।यससँगै सम्झौता रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करीब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ । कुल रकममध्ये अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहनेछ ।थप प्राप्त रकमले प्राथमिकता प्राप्त विद्युत् प्रसारण लाइन तथा पूर्वाधार निर्माणलाई गति दिने, मुलुकको ऊर्जा प्रणालीलाई सुदृढ गर्ने र क्षेत्रीय ऊर्जा व्यापार विस्तारमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । ऊर्जा ग्रिडको विश्वसनीयता तथा बजार पहु
काठमाडौं— आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेका हुन् ।बैठकमा मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनको बारेमा छलफल हुने बताइएको छ । नेकपा एमालेले प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने माग राख्दै आएको छ । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७, २८ र २९ गते काठमाडौंमा हुदैछ ।
काठमाडौं— आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो । असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन केन्द्रित रहेकाले निष्कर्षमा पुग्न सकेको छैन । जसका कारण बैठक बारम्बार स्थगित हुँदै गरेको छ । बैठकमा महाधिवेशनको मितिबारे छलफल गरी थप निष्कर्षमा पुग्न आज फेरी बैठक बोलाइएको हो । यसअघि कात्तिक १९ गते बसेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए भने सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म म
काठमाडौं— नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता प्रयास जारी छ । यही प्रयास अन्तर्गत आज दुवै दलका नेताहरुबिच निर्णायक वार्ता हुने नेताहरुले बताएका छन् ।दुवै दलका प्रतिनिधिहरूबीच आज विहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्णायक वार्ता हुने नेता प्रकाश ज्वालाले जानकारी दिए ।बुधबार भएको वार्ता सकारात्मक रहेको छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने सहमति भएको उनले जनाए ।बुधबारको छलफलमा नेकपाकातर्फबाट देव गुरुङ, बेदुराम भूसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत र गिरिराजमणि पोख्रेल सहभागी थिए । यसैगरी जसपाको तर्फबाट वार्ता समिति संयोजक राजेन्द्
प्रधानमन्त्री सुशीला कार्कीले आफू चुनाव नलड्ने स्पष्ट पारेकी छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई झापाबाट चुनाव लड्न चुनाैती दिएका थिए । त्यसको जवाफ प्रधानमन्त्री कार्कीले आज सर्वदलीय बैठकमार्फत दिएकी हुन् ।बैठकलाई सम्बोधन गर्दै उनले भनिन्, 'मलाई झापामा चुनाव लड्न आऊ भनेको पनि सुनेको छु । म चुनाव लड्दिनँ । चुनाव लड्न आएको पनि होइन ।' आजको सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीको समापन मन्तव्यहामीले दललाई बोलाएका थियौँ। यहाँहरु आइदिनुभयो। पुनः धन्यवाद दिन चाहन्छु। यहाँहरुले नै पनि एकापसमा चिन्ने चिनिने मौका पाउनुभयो भन्ने पनि लागेको छ । १२५ दलमध्ये ११० भन्दा बढी दलको उपस्थित
काठमाडौं— बारामा हुन लागेको राष्ट्रिय युवा संघको कार्यक्रममा सिमरा जान लाग्दा बुधरबार बिहान सिमरा विमानस्थलमा जेन(जी भनिएकाले नाराबाजी गरेर तोडफोडको प्रयास गरेपछि नेकपा एमालेका नेताहरू काठमाडौंमै रोकिएका छन् ।काठमाडौंमा नै रोकिएका एमाले नेता महेश बस्नेतले सरकार र विपक्षी दलहरू आफूहरूको आन्दोलनको प्रभावबाट ‘आत्तिएका’ बताए ।राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमका लागि पार्टी महासचिव शङ्कर पोखरेलका साथ सिमरा जान लागेका बस्नेतले विमानस्थल ‘क्लोज’ गरिएको र बाराको सिमरा क्षेत्रमा ‘कर्फ्युको अवस्था’ सिर्जना गरी आफूहरूलाई रोकिएको दाबी गरे। तर पनि कार्यक्रम अवरुद्ध नभएको उनले बताएका छन् । ‘वि
काठमाडौं— सर्वोच्च अदालतले राजदूत फिर्ताको विषयमा अन्तरिम आदेश पालना नगरेउपर पेश भएका अवहेलनाका मुद्दा दुई साता पछि दर्ता गरिरहेको छ । सर्वोच्च अदालतको कात्तिक १६ को अन्तरिम आदेशले राजदूत फिर्ता गर्ने सरकारको निर्णय रोकिएको भएतापनि आदेशको उल्लंघन गर्दै सरकारले कात्तिक १७ मा मन्त्रालयमा हाजिर हुनेगरी राजदूतहरुलाईल फिर्ता आउन पत्राचार गरेपछि अवहेलना मुद्दा पेश भएका थिए ।कात्तिक १८ मा पेश भएको अवेहलना मुद्दा आज दर्ता गरी मंसिर ७ गते पहिलो सुनुवाई तोकिएको निवेदक अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए । अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले कात्तिक १८ गतेको
काठमाडौं— अर्थमन्त्री रामेश्वर खनालले अहिले चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ आफूले ध्यान केन्द्रित नगरेको बताएका छन् । बुधबार नेपाल उद्योग परिसंघ (सिएनआई) ले आयोजना गरेको ‘राजस्व प्रणालीमा सुधार, सार्वजनिक निजी संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार निर्वाचन गराउन गठन भएको कारण करका दरहरू हेरफेर गर्दा विरोधहरू आउने भएकाले त्यसतर्फ आफ्नो ध्यान नगएको बताएका हुन् ।उनले भने,‘सकेसम्म संयमित भएर काम गर्नुपर्ने आलोचनाबाट बच्नुपनि पर्ने कानुन संवत पनि हुनुपर्ने सन्दर्भमा अहिले करको दर चलाउँदा सरकारको ध्यान निर्वाचनतिर छ । सत्ता हस्तान्तरण गर्नु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.