काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महिला उपसभापति पदमा अब डा। तोशीमा कार्की र सोबिता गौतमबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ। 

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीमा महिला उपसभापतिका लागि यी दुई नेताको नाम कायम भएपछि नेतृत्व चयन मतदानबाट हुने निश्चित भएको हो।

पार्टीभित्र सहमतिको प्रयासका क्रममा वर्तमान कोषाध्यक्ष लिमा अधिकारीलाई पनि महिला उपसभापतिको उम्मेदवार बनाउने चर्चा भएको थियो। तर डा। तोशीमा कार्की र सोबिता गौतम दुवैले उम्मेदवारी नफिर्ता लिने अडान राखेपछि अधिकारीले उम्मेदवारीबाट पछि हटेकी हुन्।

पार्टी स्रोतका अनुसार नेतृत्वले कानुनमन्त्रीसमेत रहेकी सोबिता गौतमलाई ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’को सिद्धान्तलाई ध्यानमा राख्दै उम्मेदवारीबारे पुनर्विचार गर्न आग्रह गरेको थियो। तर सहमति हुन नसकेपछि महिला उपसभापति पदको टुंगो अब निर्वाचनबाट लाग्ने भएको छ।