राजनीति

    Showing 7,191-7,200 of 10,368 items.
  • निर्वाचन आचार संहिता उल्लंघन गरेकाे भन्दै आयोगद्वारा शहरी विकासमन्त्री र स्वास्थ्यमन्त्रीलाई जरिवाना

    झापा  / निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । निर्वाचन आचार संहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसूरमा उनलाई आयोगले जरिवाना गरेको हो ।उनले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ । चौधरीले आफ्नो क्षेत्रमा बाढीपीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको आयोगको भनाइ छ ।यस्तै, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले पाँच हजार हजार जरिवाना र विभागीय कारवाहीको सिफारिस गरेको छ । उनले निर्वाचन आचारसंहिता लागू भएपछि कर्मचारी सरुवा गरेको आयोगको भनाइ छ ।उनीहरूलाई निर्वाचन आयोग ऐनअनुसा

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • 101 पटक पढिएको
  • नेकपा बहुमतका केन्द्रिय उपाध्यक्षसहित चार जना पक्राउ

    सर्लाही  / सर्लाहीको हरिवन नगरपालिका –११ बाट चुनाव बहिष्कार गर्ने प्रचार–प्रसार गर्दै हिँडेका नेकपा (बहुमत) पार्टीका चार जनालाई नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नेकपा (बहुमत) पार्टीका जिल्ला इन्चार्ज विचारमान थिङ्ग, युवा जनस्वयंसेवक नेपालका केन्द्रीय उपाध्यक्ष अविनाश कुँवर, जनस्वयंसेवक नेपालका केन्द्रीय सदस्य भरत पुलामी मगर र अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य उपेन्द्र परियार रहेका छन् । निर्वाचन बहिष्कार गर्ने प्रचार प्रसार गर्दै हिँडेका उनीहरूलाई शुक्रबार दि

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • 95 पटक पढिएको
  • आयोगद्वारा दीपक मनाङेलाई २५ हजार जरिवाना

    काठमाडौँ /  निर्वाचन आयोगले राजिव गुरुङ (दीपक मनाङे) लाई २५ हजार रुपैयाँ जरिवाना तिराउने भएको छ ।आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत रहेका गुरुङले चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन नपुग्ने भन्दै अभिव्यक्ति दिएपछि आयोगले जरिवाना तिराउने निर्णय गरेको हो ।‘आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ । ३० लाखमा नेपालमा चुनाव जित्छ यार । मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ,’ मनाङेले भनेका थिए ।मनोनयन दर्ताको समयमा यस्तो अभिव्यक्ति दिएपछि आयोगले  मनाङेलाई कात्तिक १४ गते आयोगले स्पष्टीकरण सोध

    • प्रकाशित मितिः मंसिर २, २०७९
    • 121 पटक पढिएको
  • एमालेका कार्यकर्ताकाे कुटाइबाट माओवादीका पाँच कार्यकर्ता घाइते

    महोत्तरी  / महोत्तरीमा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल र रायवीर मण्डल रहेका छन् । घाइतेमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको पीडित अनिल मण्डलले बताए ।मण्डलका अनुसार मदिरा सेवन गरेका युवाहरूले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की दिँदै आक्रमण गरेका थिए । रामगोपालपुरका विजय यादव, रामवली यादव, अनिल

    • प्रकाशित मितिः मंसिर २, २०७९
    • 107 पटक पढिएको
  • उम्मेदवार नभएका दलका प्रतिनिधिहरू मतदान केन्द्रमा बस्न नपाउने (भिडियाेसहित)

    झापा  / निर्वाचन आयोगले आइतबार हुने मतदानका क्रममा मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै राख्न दिने भएको छ ।यसअघि जिल्लामा क्रियाशील सबै दलका प्रतिनिधिहरू मतदान केन्द्रमा बस्न पाउने गरेकोमा यस पटकदेखि उम्मेदवारका प्रतिनिधिलाई मात्रै बस्न दिने निर्वाचन निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार वा निजका प्रतिनिधि मात्रै मतदान केन्द्रमा बस्न पाउने भएका छन् । उम्मेदवारले प्रतिनिधि चयन गरेको आधिकारिक पत्र देखाएपछि मात्रै प्रतिनिधिलाई मतदान केन्द्रमा बस्न दिइने भएको छ ।संशोधित निर्देशिका सबै जिल्ला निर्वाचन कार्यालयहरूमा पठाइसकिएको र सोही अनुसार गर

    • प्रकाशित मितिः मंसिर २, २०७९
    • 105 पटक पढिएको
  • एमालेकै मतले जित्छु : गिरी (भिडियाेसहित)

    झापा / निर्वाचन क्षेत्र नम्बर –३ प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार डम्बर बहादुर गिरीले नेकपा एमालेको पार्टी संगठन जोगाउन आफूले उम्मेदवारी दिएको बताएका छन् । पार्टी नेतृत्वले स्थानीय नेता कार्यकर्तासँग परामर्श नगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सो क्षेत्रबाट उम्मेदवार बनाएपछि यसपटक पनि राजेन्द्र लिङ्देनलाई मतदान गर्दा पार्टी सकिन्छ भन्ने भयले विद्रोह गरेर चुनावी मैदानमा उत्रिएको उनको कथन छ । एमालेका आम कार्यकर्ताको साथ आफूलाई रहेको उनको दावी छ । ‘म एमालेको पृष्ठभूमिबाट आएको हुँ ।’ युवा नेता गिरीले भने, ‘यस क्षेत्रका मतदाताले परिवर्तन विरोधी राजतन्त्रवादीलाई पटकपटक बोक्न सक्दै

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 109 पटक पढिएको
  • बर्खास्त मन्त्री खड्काको चेतावनी : ‘मैले न्याय नपाए मुख्यमन्त्रीको सनसनी भिडिओ बाहिर ल्याउँछु’

    पोखरा / बर्खास्तमा परेका गण्डकी प्रदेश सरकारका निवर्तमान भौतिक, पूर्वाधारमन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सनसनीपूर्ण भिडिओ बाहिर ल्याइदिने चेतावनी दिएका छन् ।चुनाव लगत्तै मुख्यमन्त्री पोखरेलले आफूलाई बर्खास्त गर्नुको कारण नभने र आफूले न्याय नपाए अडि‌‌ओ, भिडिओ सार्वजनिक गर्ने धम्की दिएका हुन् । मुख्यमन्त्री पोखरेलले राज्यकोषको दुरुपयोग गरेको प्रमाण आफूसँग रहेको खड्काले दाबी समेत गरेका छन् । उनले भने ‘चुनाव लगत्तै उहाँले चित्तबुझ्दो जवाफ नदिए तपाईँहरूले भन्ने सनसनी अडिओ, भिडि‌ओ ल्याउँछु,’ ।मंगलबार बर्खास्त भएका खड्काले आफू बर्खास्तीमा पर्नुको कुनै कारण नभएको बत

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 116 पटक पढिएको
  • चुनाव जितेको ७२ घण्टाभित्र ५० शैयाको केविन निःशुल्क सञ्चालन गर्ने सुनिल शर्माको घोषणा

    मोरङ / मोरङको -३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले आफूले चुनाव जितेको ७२ घण्टाभित्र ५० शैयाको केविन निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याउने बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले विपन्न नागरिकको उपचारका लागि ५० शैया सहितका २५ ओटा केविन सञ्चालन गर्ने उद्घोष गरेका हुन् । २०७४ को आम निर्वाचनमा यसै क्षेत्रबाट झिनो मतले पराजित भएका डा.शर्माले आफूले चुनाव हारेर पनि जनताको सेवा जारी राखेकोमा चुनाव जितेपछि आफूमाथि जनताको अपेक्षा बढ्ने भएकाले

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 123 पटक पढिएको
  • अपडेटः ‘विप्लव’ नेतृत्वको नेकपाले लियो भोजपुर बम विस्फोटको जिम्मा

    झापा  / भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा सत्तागठबन्धनको चुनावी सभामा भएको बम विस्फोट जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ ।विप्लव नेकपाका नेता सुमन श्रेष्ठले घटनाको जिम्मेवारी लिएका हुन् । चुनाव बहिष्कार गर्ने पार्टीको निर्णयअनुसार बम विस्फोट गराइएको उनले बताए ।तिवारीभञ्ज्याङ बजारमा सभा भइरहेको बेला कार्यक्रमस्थलमा बम पड्किएको थियो । विस्फोटमा परी श्रेष्ठ घाइते समेत भएका छन् ।श्रेष्ठ विप्लवकै कार्यकर्ता भएको र उनले टिफिन बक्समा विस्फोटक पदार्थ राखेर बनाएको बम झोलामै पड्किएको प्रहरीले जनाएको छ । उनको बायाँ खुट्टामा सामान्य चोट लागेको र इप्रका

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 114 पटक पढिएको
  • प्रचण्ड सहभागी चुनावी सभामा बम विस्फोट, मानवीय क्षति भएन

    भोजपुर / सत्ता गठबन्धनको सभा चलिरहेको बेला भोजपुरमा बम विस्फोट भएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो । उक्त सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता रामशरण महत जाने कार्यक्रम छ । मोरङ, खोटाङलगायत ठाउँमा पनि जाने कार्यक्रम भएकाले प्रचण्ड कार्यक्रमस्थल पुगिसकेका छैनन् ।बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको भोजपुरका प्रहरी प्रमुख डीएसपी सरोज घिमिरेले जानकारी दिए । बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 115 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.