काठमाडौँ /  निर्वाचन आयोगले राजिव गुरुङ (दीपक मनाङे) लाई २५ हजार रुपैयाँ जरिवाना तिराउने भएको छ ।

आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत रहेका गुरुङले चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन नपुग्ने भन्दै अभिव्यक्ति दिएपछि आयोगले जरिवाना तिराउने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

‘आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ । ३० लाखमा नेपालमा चुनाव जित्छ यार । मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ,’ मनाङेले भनेका थिए ।

मनोनयन दर्ताको समयमा यस्तो अभिव्यक्ति दिएपछि आयोगले  मनाङेलाई कात्तिक १४ गते आयोगले स्पष्टीकरण सोधेको थियो । मानाङेले स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएपछि आयोगले उनलाई २५ हजार जरिवाना लगाएको हो । 

मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध निर्वाचित भइसकेका छन् । यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।