भोजपुर / सत्ता गठबन्धनको सभा चलिरहेको बेला भोजपुरमा बम विस्फोट भएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो । 

उक्त सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता रामशरण महत जाने कार्यक्रम छ । मोरङ, खोटाङलगायत ठाउँमा पनि जाने कार्यक्रम भएकाले प्रचण्ड कार्यक्रमस्थल पुगिसकेका छैनन् ।

OM Sai Pathibhara Hospital

बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको भोजपुरका प्रहरी प्रमुख डीएसपी सरोज घिमिरेले जानकारी दिए । 

बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

बम विस्फोटपछि त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाएको र अहिले अवस्था सामान्य रहेको डीएसपी राईले बताए ।