महोत्तरी  / महोत्तरीमा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल र रायवीर मण्डल रहेका छन् । 

घाइतेमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । 

OM Sai Pathibhara Hospital

महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको पीडित अनिल मण्डलले बताए ।

मण्डलका अनुसार मदिरा सेवन गरेका युवाहरूले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की दिँदै आक्रमण गरेका थिए । 

रामगोपालपुरका विजय यादव, रामवली यादव, अनिल यादव र रामो यादवको नेतृत्वमा झन्डै ४० जना युवा सम्सीको लक्ष्मीनिया प्रवेश गरेर कुटपिट गरेको स्थानीयको भनाइ छ ।

एमाले जिल्ला इन्चार्ज सरोज यादवले घटनाको विषयमा आफूलाई जानकारी नभएको बताए । माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजु खड्काले भने घटना निन्दनीय भएको बताएका छन् ।