झापा  / निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । निर्वाचन आचार संहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसूरमा उनलाई आयोगले जरिवाना गरेको हो ।

उनले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ । चौधरीले आफ्नो क्षेत्रमा बाढीपीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको आयोगको भनाइ छ ।

OM Sai Pathibhara Hospital

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले पाँच हजार हजार जरिवाना र विभागीय कारवाहीको सिफारिस गरेको छ । उनले निर्वाचन आचारसंहिता लागू भएपछि कर्मचारी सरुवा गरेको आयोगको भनाइ छ ।

उनीहरूलाई निर्वाचन आयोग ऐनअनुसार जरिवाना गरिएको निर्वाचन आयोगको भनाइ छ ।