पोखरा / बर्खास्तमा परेका गण्डकी प्रदेश सरकारका निवर्तमान भौतिक, पूर्वाधारमन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सनसनीपूर्ण भिडिओ बाहिर ल्याइदिने चेतावनी दिएका छन् ।

चुनाव लगत्तै मुख्यमन्त्री पोखरेलले आफूलाई बर्खास्त गर्नुको कारण नभने र आफूले न्याय नपाए अडि‌‌ओ, भिडिओ सार्वजनिक गर्ने धम्की दिएका हुन् । 

OM Sai Pathibhara Hospital

मुख्यमन्त्री पोखरेलले राज्यकोषको दुरुपयोग गरेको प्रमाण आफूसँग रहेको खड्काले दाबी समेत गरेका छन् । उनले भने ‘चुनाव लगत्तै उहाँले चित्तबुझ्दो जवाफ नदिए तपाईँहरूले भन्ने सनसनी अडिओ, भिडि‌ओ ल्याउँछु,’ ।

मंगलबार बर्खास्त भएका खड्काले आफू बर्खास्तीमा पर्नुको कुनै कारण नभएको बताएका छन् । पछिल्लो समय मुख्यमन्त्री पोखरेलसँग आफ्नो सम्बन्ध चिसिएको र केही योजनाका कारण आफ्नो पद गएको हुन सक्ने उनको आँकलन छ ।