झापा  / भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा सत्तागठबन्धनको चुनावी सभामा भएको बम विस्फोट जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ ।

विप्लव नेकपाका नेता सुमन श्रेष्ठले घटनाको जिम्मेवारी लिएका हुन् । चुनाव बहिष्कार गर्ने पार्टीको निर्णयअनुसार बम विस्फोट गराइएको उनले बताए ।

OM Sai Pathibhara Hospital

तिवारीभञ्ज्याङ बजारमा सभा भइरहेको बेला कार्यक्रमस्थलमा बम पड्किएको थियो । विस्फोटमा परी श्रेष्ठ घाइते समेत भएका छन् ।

श्रेष्ठ विप्लवकै कार्यकर्ता भएको र उनले टिफिन बक्समा विस्फोटक पदार्थ राखेर बनाएको बम झोलामै पड्किएको प्रहरीले जनाएको छ । 

उनको बायाँ खुट्टामा सामान्य चोट लागेको र इप्रका तिवारीभञ्ज्याङले नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए ।