झापा  / निर्वाचन आयोगले आइतबार हुने मतदानका क्रममा मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै राख्न दिने भएको छ ।

यसअघि जिल्लामा क्रियाशील सबै दलका प्रतिनिधिहरू मतदान केन्द्रमा बस्न पाउने गरेकोमा यस पटकदेखि उम्मेदवारका प्रतिनिधिलाई मात्रै बस्न दिने निर्वाचन निर्देशिकामा उल्लेख छ । 

OM Sai Pathibhara Hospital

निर्देशिका अनुसार प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार वा निजका प्रतिनिधि मात्रै मतदान केन्द्रमा बस्न पाउने भएका छन् । उम्मेदवारले प्रतिनिधि चयन गरेको आधिकारिक पत्र देखाएपछि मात्रै प्रतिनिधिलाई मतदान केन्द्रमा बस्न दिइने भएको छ ।

संशोधित निर्देशिका सबै जिल्ला निर्वाचन कार्यालयहरूमा पठाइसकिएको र सोही अनुसार गर्न गराउन भनिएको आयोगले जनाएको छ । उम्मेदवार नभएका दलका प्रतिनिधिहरू मतदान केन्द्रमा बस्न नपाउने भएका छन् ।