काठमाडौँ । प्रतिनिधिसभा बैठक सञ्चालन गर्न केही ढिलाइ हुने भएको छ । सभामुख देवराज घिमिरेले सदन सञ्चालनको वातावरण निर्माण गर्न पहिला प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग कुराकानी गरेका थिए ।त्यसपछि सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखले अहिले विपक्षी दलहरूको धारणा के आउँछ भनेर कुरिरहेको उनको सचिवालयले जानकारी दिएको छ ।विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादीबिच अहिले माओवादी संसदीय दलका नेता पुष्पकमल दाहालको अध्यक्षतामा नयाँ वानेश्वरस्थित संसद् भवनमा बैठक बसिरहेको छ । त्यो बैठकले के धारणा बनाउँछ भनेर सभ
संसदमा विश्वासको मत गुमाएपछि मंगोलियाका प्रधानमन्त्री लुभ्सानाम्सराइ ओयुन–एर्डेनले राजीनामा दिएका छन्। केही दिनदेखि भ्रष्टाचारको आरोपमा चलेको व्यापक विरोध प्रदर्शनपछि यो मतदान भएको थियो। सन् २०२१ मा सत्ता सम्हालेका ओयुन–एर्डेनले ३० दिनभित्र उत्तराधिकारी नियुक्त नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्नेछन्। ‘महामारी, युद्ध र करजस्ता कठिनाइका समयमा मेरो देश र जनताको सेवा गर्न पाउनु सम्मानको कुरा थियो,’ मतदानपछि उनले भने। १२६ सिटको संसदमा बहुमतका लागि आवश्यक ६४ मत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएका हुन्। गोप्य मतदानमा करिब ८२ सांसदले भाग लिएका थिए। बीबीसीका अनुसार ४४ जनाल
प्रतिनिधिसभा बैठकअघि विपक्षी दलको बैठक बसेको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाएर संसद अवरुद्ध पार्दै आएका विपक्षीहरु आज सदनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन जुटेका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका शीर्ष नेता सहभागी छन् । प्रतिपक्षमै रहेको राजावादी दल राप्रपालाई भने बैठकमा सहभागी गराइएको छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटवार्ताबारे संक्षिप्त जानकारी गराएको बताइएको छ ।
काठमाडौँ । अर्थविद् डा .विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिटमा आज (मंगलबार)अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै छ । गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश गरेको थियो ।
रौतहट । २०५८ सालको जेठ १९ गते राति दरबारभित्र घटेको भीषण हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन गरिएको छ।उक्त दिन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, राजकुमार दीपेन्द्रसहित राजपरिवारका नौ सदस्यको निर्मम हत्या भएको थियो।यस ऐतिहासिक घटनाको २४औं वार्षिक स्मृतिमा हेटौंडा उपमहानगरपालिका–१० स्थित बुद्ध चोकमा स्थानीय राजावादीको पहलमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो।कार्यक्रममा सहभागीहरूले सयौं थान घिउबत्ती बालेर दिवंगत राजपरिवारप्रति श्रद्धा प्रकट गरेका थिए। केही सहभागीले हातमा दीप बोकेर मौन प्रार्थना पनि गरेका थिए।कार्यक्रम संयोजक विवेक विक्रम शाहीले राजा वीरेन्द्रसँगै मारि
काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ। आज दिउँसो माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। यस अगाडि माओवादी केन्द्रको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकबारे पनि प्रश्न उठेका कारण उनले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो। संसद्को बैठकमा यसबारे कसरी अगाडि बढ्ने भन्नेबारे पनि आज छलफल हुनेछ।
काठमाडौं— निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जनालार्य प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ ।पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन् ।शान्ति सुरक्षा कायम गर्न नियन्त्रणमा लिइएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।
काठमाडौं— राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादी र प्रहरीबीच काठमाडौंको नक्साल क्षेत्रमा आइतबार धकेलाधकेल भएको छ। प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास बालुवाटारस्थित निषेधित क्षेत्रतर्फ अघि बढ्न खोज्दा उक्त स्थिति सिर्जना भएको हो।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विभिन्न राजावादी समूहहरूले आज दिउँसो दुई बजे नारायणचौरमा भेला भई बालुवाटार घेराउ गर्ने पूर्वघोषित कार्यक्रम राखेका थिए।सोही योजनाअनुसार नारायणचौरबाट जुलुससहित अघि बढेका उनीहरूलाई प्रहरीले नक्साल नजिकै रोक्ने प्रयास गर्दा केहीबेर तनाव उत्पन्न भएको थियो।प्रहरीले बालुवाटार क्षेत्रलाई निषेधित क्
काठमाडौं— राजावादीहरूले राजसंस्थाको पक्षमा सुरू गरेको संयुक्त आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् । आज काठमाडौंको नारायणचौरमा जनप्रदर्शनको कार्यक्रम भए पनि हिजोजस्तै बालुवाटार घेराउ गर्न जाने योजना बनाइएको छ ।आज २ बजे नारायणचौरमा भेला हुन सूचित गरिएको छ । त्यहाँबाट जुलुस लिएर बालुवाटारतर्फ लाग्ने तयारी रहेको राप्रपा नेपालका एक पदाधिकारीले बताए ।उनले भने, ‘आज पनि हाम्रो मुख्य प्रदर्शन बालुवाटारमै हुन्छ । वार्म अपमात्रै नारायणचौरमा हो ।’बालुवाटार निषेधित क्षेत्र हो । हिजो राजावादी प्रदर्शनकारीहरूले बालुवाटारको निषेधित क्षेत्र नतोडिकन प्रदर्शन गरेका थिए । आज पनि हिजैको स्थानमा प्रदर्शन गर्ने तय
काठमाडौं— राजावादीले राजसंस्था पुनस्स्थापनाको मागसहित सुरु भएको ‘संयुक्त जनआन्दोलन’ले विजुलीबजार बबरमहलको मुख्य सडक कब्जा गरेको छ ।शुक्रबार (आज) पनि जारी आन्दोलनमा सहभागी राजावादीहरुले विजुलीबजार बबरमहल सडक कब्जा गरेका हुन् ।माइतीघरमा भेला भएका राजावादीहरुले नयाँ बानेश्वरतर्फ आउने क्रममा बबरमहल बिजुलीबजारको मुख्य सडक कब्जा गरेका हुन् । जसको कारण यातायात प्रभावित भएको छ ।यातायात प्रभावित भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सवारी साधन अवरुद्ध नगर्न आग्रह गरेका छन् ।आन्दोलन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ । आन्दोलनमा राप्रपा अध्यक्ष
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.