चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान सुरु भएको छ। उम्मेदवारहरूको अन्तिम प्रक्रिया पूरा भएपछि प्रतिनिधिहरूले विद्युतीय माध्यमबाट मतदान गर्न थालेका हुन्।सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा डा.स्वर्णिम वाग्ले यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। त्यसपछि बाँकी रहेका पदाधिकारी चयनका लागि मतदान भइरहेको हो।महामन्त्री पदका केही आकांक्षीले उम्मेदवारी फिर्ता लिएपछि अब पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ। महिला उपसभापतिमा डा. तोसिमा कार्की र सोबिता गौतम आमनेसामने छन्।यस्तै, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्
काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी हुन् । यसअघि कबिन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल ललितपुर र शिशिर खनाल तथा राजुनाथ पाण्डले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा जारी छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ ।उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान सुरु भएको हो । प्रारम्भिक सूची प्रकाशित भएपछि दाबी–विरोधको प्रक्रिया, अन्तिम उम्मेदवार सूची प्रकाशन तथा विद्युतीय मतदान प्रणालीमा उम्मेदवारको विवरण प्रविष्ट गर्ने काम बाँकी रहेकाले मतदान ढिला सुरु भएको हो । यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । खुला उपसभापतिमा विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि डा।स्वर्णिम वाग्ले पनि निर्विरोध निर्वाचित भएका छन्।यस्तै, महामन्त्री
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।शक्रबार दिउसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको नतिजामाथि गम्भीर प्रश्न उठेको छ। आफूभन्दा कम मत ल्याएकी उम्मेदवारलाई निर्वाचित घोषणा गरिएको भन्दै गण्डकी प्रदेशकी उम्मेदवार पूजा बाँस्तोलाले निर्वाचन आयोगमा उजुरी दर्ता गरेकी छन्।सार्वजनिक मतपरिणामअनुसार बाँस्तोलाले ८९३ मत प्राप्त गरेकी छन्। तर ८०० मत ल्याएकी विष्णुकुमारी गुरुङ (एकता) लाई निर्वाचित घोषणा गरिएको भन्दै उनले परिणाममाथि आपत्ति जनाएकी हुन्।बाँस्तोलाले मतपरिणाम पुनः परीक्षण, सत्यतथ्य छानबिन र आवश्यक सुधारको माग गर्दै निर्वाचन आयोगसमक्ष औपचारिक उजुरी दिएकी छन्।यो विवादले रास्वपाको पहिलो
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री ९खुला० पदमा कडा प्रतिस्पर्धा हुने भएको छ। दुई पदका लागि ११ जनाले उम्मेदवारी कायम राखेपछि नेतृत्व चयनको दौड रोचक बनेको हो।निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार रमेश प्रसाईंसहित यज्ञमणि न्यौपाने, शुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त चुनावी मैदानमा छन्।रास्वपाको विधानअनुसार खुलातर्फ दुई जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। त्यसैले सीमित पदका लागि धेरै उम्मेदवार मैदानमा उत्रिएपछि प्रतिनिधिहरूको मत निर्णायक बन्ने देखिएको छ।पहिलो महाधिवेशनअन्तर्गत
काठमाडौं । रास्वपाको महामन्त्री पदबाट कबिन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल ललितपुर र शिशिर खनाल तथा राजुनाथ पाण्डले उम्मेदवारी फिर्ता लिएका छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन् ।उम्मेदवारमा मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिन कुमार आचार्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा जारी छ ।
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदको प्रतिस्पर्धाबाट निवर्तमान महामन्त्री कबिन्द्र बुर्लाकोटी पनि बाहिरिएका छन्। उनले उम्मेदवारी फिर्ता लिएसँगै महामन्त्रीको चुनावी समीकरण फेरिएको छ।यसअघि जगदीश खरेलले पनि उम्मेदवारी फिर्ता लिइसकेका थिए। लगातार दुई उम्मेदवारले मैदान छाडेपछि अब महामन्त्री पदका लागि ८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।अब महामन्त्री पदका लागि प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य चुनावी मैदानमा छन्।रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि जारी मतदानसँगै महामन्त्री पदको प
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अपेक्षाभन्दा लामो समयसम्म जारी रहँदा त्यसको प्रभाव संघीय संसद्मा समेत देखिएको छ। प्रतिनिधिसभाको शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित गर्दै शनिबार बिहान ११ बजेसम्मका लागि सारिएको हो।सत्तारूढ दलकै महाधिवेशन नसकिएकाले संसद्को कार्यसूची प्रभावित भएको यो लगातार दोस्रो घटना हो। यसअघि पनि बैठकको मिति परिवर्तन गरिएको थियो।आजको बैठकमा सरकारले प्राथमिकतामा राखेका विभिन्न विधेयक अघि बढाउने तयारी थियो। सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) तथ
काठमाडौं— प्रतिनिधिसभाको बैठक लगातार दोस्रो दिन पनि प्रभावित भएको छ। आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको हो।संसद सचिवालयका अनुसार सभामुख डीपी अर्यालले बैठक भोलि बिहान ११ बजे बस्ने गरी नयाँ समय निर्धारण गरेका छन्।सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेकाले संसदको नियमित कार्यसूची प्रभावित भएको बताइएको छ। यसअघि हिजोका लागि बोलाइएको बैठक पनि आजका लागि सारिएको थियो। अहिले भने आजको बैठकसमेत स्थगित गर्दै भोलिसम्मका लागि सारिएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.