काठमाडौं—  प्रतिनिधिसभाको बैठक लगातार दोस्रो दिन पनि प्रभावित भएको छ। आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको हो।

संसद सचिवालयका अनुसार सभामुख डीपी अर्यालले बैठक भोलि बिहान ११ बजे बस्ने गरी नयाँ समय निर्धारण गरेका छन्।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेकाले संसदको नियमित कार्यसूची प्रभावित भएको बताइएको छ। यसअघि हिजोका लागि बोलाइएको बैठक पनि आजका लागि सारिएको थियो। अहिले भने आजको बैठकसमेत स्थगित गर्दै भोलिसम्मका लागि सारिएको छ।