राजनीति

    Showing 7,141-7,150 of 10,368 items.
  • झापा –५ : अधिकारी भन्दा साढे २३ हजार मतले अगाडि ओली

    झापा  / झापा –५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २३ हजार ६५१ मतले पछि पार्दै अग्रता कायम राखेका छन् ।ओलीले ४४ हजार ८०५ मत प्राप्त गर्दा अधिकारी २१ हजार १५४ मतसहित दोस्रो स्थानमा छन् । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेल रहेका छन् । उनले नौ हजार ९३० मत ल्याएका छन् । अन्य उम्मेदवारहरूले उल्लेख्य मत ल्याउन सकेका छैनन् । 

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 100 पटक पढिएको
  • झापा –२ को प्रदेशसभा (१) मा एमालेका कार्की निर्वाचित

    बिर्तामोड / झापा क्षेत्र नम्बर –२ को प्रदेशसभा (१) मा एमालेका उम्मेदवार एकराज कार्की विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेद्वार पुष्पराज पोखरेललाई छ हजार ८० मतान्तरले पछि पार्दै कार्की प्रदेशसभा १ बाट निर्वाचित भएका हुन् । कार्कीले १८ हजार ७३१ मत ल्याउँदा पोखरेलले १२६५१ मत प्राप्त गरेका छन् । कार्की विजयी भएपनि आधिकारिक घोषणा नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 126 पटक पढिएको
  • गुल्मीमा झाँक्रीलाई हराउँदै गोकर्ण विष्ट निर्वाचित

    झापा / गुल्मी- २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेका विष्टले २८ हजार ४७६ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेकपा एसकी झाँक्रीले २६ हजार ४४२ मत पाइन् । विष्ट र झाँक्रीको मतान्तर २ हजार ३४ रहेको छ । विष्ट गुल्मी २ बाट २०७० र २०७४ मा पनि निर्वाचित भएका थिए । लगातार तेस्रो पटक विष्टले चुनाव जितेका हुन् ।

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 103 पटक पढिएको
  • प्रतिनिधिसभा तर्फ माओवादीले खोल्यो खाता, सिन्धुली –२ मा दाहाल निर्वाचित

    सिन्धुली / प्रतिनिधिसभा तर्फ नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । सिन्धुली –२ मा माओवादीका उम्मेदवार लेखनाथ दाहाल (राजन) निर्वाचित भएसँगै माओवादीले खाता खालेको हो ।दाहालले २७ हजार ५१७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मनोजजंग थापाले २१ हजार ६८७ मत प्राप्त गरेका छन् । दाहालले थापालाई पाँच हजार ८३० मतले पराजित गरेका हुन् । दाहाल यसअघि प्रदेशसभा सदस्य थिए ।

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 99 पटक पढिएको
  • मोरङमा प्रतिनिधि सभातर्फका ६ क्षेत्रमध्ये कहाँ कसको अग्रता ?

    झापा / मोरङका सबै निर्वाचन क्षेत्रमा पछिल्लो मतपरिणाम अनुसार मिश्रित परिणाम आउने देखिएको छ ।प्रतिनिधि सभातर्फका ६ निर्वाचन क्षेत्र मध्ये अहिले सम्म एमाले र कांग्रेस दुई निर्वाचन क्षेत्रमा अगाडि छ भने एउटामा माओवादी र एउटामा स्वतन्त्र उम्मेदवार अगाडि छन् । क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडा ७ हजार २९ मतले अगाडी छन् । उनका निकटम् प्रतिद्वन्द्वी कांग्रेसका डिग बहादुर लिम्बू ६ हजार ४५८ सहित पछ्याईरहेका छन् । अहिलेसम्म खतिवडा र लिम्बूबीचको मतअन्तर ५७१ रहेको छ ।यस्तै मोरङ २ मा पनि काङ्ग्रेसकी सुजता कोइराला भन्दा एमालेका ऋषिकेश पोखरेल अगाडी छन् । पोखरेलले ९ हजार ९६८ मत ल्याउँदा कोइरालाले

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 115 पटक पढिएको
  • ताप्लेजुङमा एमालेका योगेशलाई पछि पार्दै माओवादीका बूढाक्षेत्री अगाडि

    झापा / ताप्लेजुङमा एमालेका योगेश भट्टराई ४ सय ३३ मतले पछाडि परेका छन् । हालसम्मको मतगणनामा पहिलो स्थानमा रहेका माओवादीका खेलप्रसाद बूढाक्षेत्रीले १८ हजार ५ सय २४ मत ल्याएका छन् । भट्टराईको भने १८ हजार ९१ मत मात्रै आएको छ । अघिल्लो निर्वाचनमा भट्टराई यसै क्षेत्रबाट निर्वाचित भएका थिए । 

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 117 पटक पढिएको
  • समानुपातिकतर्फ सबैभन्दा धेरै मत एमालेको, अन्य दलले कति मत पाए ?

    झापा / मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकतर्फ अहिलेसम्म सबैभन्दा धेरै मत नेकपा एमालेले ल्याएको छ । एमाले हालसम्म २ लाख सात हजार २९९ मत पाएको छ ।यस्तै, नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले १ लाख ८३ हजार ३५२ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ९५ हजार ५९८ मत ल्याएर अहिलेसम्म तेस्रो स्थानमा छ ।नेकपा माओवादीले ८६ हजार ४३३ मत, एकीकृत समाजवादीले १० हजार ९१९, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४९ हजार ७६२, नागरिक उन्मुक्ति पार्टीले ९ हजार ६९३, जसपाले १५ हजार १८ र जनमत पार्टी ९ हजार ४६१ मत पाएको छ । मतगणना जारी छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 126 पटक पढिएको
  • झापा –२ मा एमालेका देवराज घिमिरे अझै बलियो बन्दै

    बिर्तामोड  / झापा –२ मा ५८ हजार ६०८ मत गणना हुँदा नेकपा एमालेका देवराज घिमिरेको अग्रता कायमै रहेको छ । घिमिरेले १९ हजार १८९ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेद्वार भद्र प्रसाद (स्वागत)  नेपालले १७ हजार ५९७ मत प्राप्त गरेका छन् । उनीहरु बीचको मतान्तर १५९२ रहेको छ । त्यस्तै माओवादी केन्द्रका उम्मेद्वार हरि कुमार राना १० हजार १८९ मतसहित तेस्रो स्थानमा छन् । अहिले ३६७५ मत बदर भएको छ । 

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 134 पटक पढिएको
  • झापा १ मा जित सुनिश्चित गर्दै विश्वप्रकाश शर्मा

    बिर्तामोड / झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित बनेको छ । पछिल्लो मतपरिणाम अनुसार गणना हुन बाँकी भन्दा बढी मत प्राप्त गरिसकेकोले उनको जित सुनिश्चित भएको हो । यस क्षेत्रमा ११ हजार ३९१ मत गन्न बाँकी रहेको छ ।तर उनले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले भन्दा १२ हजार ६८० मतका साथ अघि छन् । खरेलले २१८२८ मत ल्याएका छन् । 

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 117 पटक पढिएको
  • काठमाण्डु –७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुली विजयी

    झापा / काठमाडौँ –७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् ।आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले ८७४३ मत ल्याई विजयी भएका हुन् । छ हजार ८०० मतका साथ नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे दोस्रो भएका छन् भने लोकतान्त्रिक–वाम गणबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराई छ हजार ६३ मतसहति तोस्रो भएकी निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिए ।यस्तै एक हजार पाँच सय ७४ मत बदर भएको छ । कुल २४ हजार एक सय ९८ मतगणना हुँदा काठमाण्डु क्षेत्र नं ७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । 

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 104 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.