झापा / काठमाडौँ –७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले ८७४३ मत ल्याई विजयी भएका हुन् । 

OM Sai Pathibhara Hospital

छ हजार ८०० मतका साथ नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे दोस्रो भएका छन् भने लोकतान्त्रिक–वाम गणबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराई छ हजार ६३ मतसहति तोस्रो भएकी निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिए ।

यस्तै एक हजार पाँच सय ७४ मत बदर भएको छ । कुल २४ हजार एक सय ९८ मतगणना हुँदा काठमाण्डु क्षेत्र नं ७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।