झापा / ताप्लेजुङमा एमालेका योगेश भट्टराई ४ सय ३३ मतले पछाडि परेका छन् । हालसम्मको मतगणनामा पहिलो स्थानमा रहेका माओवादीका खेलप्रसाद बूढाक्षेत्रीले १८ हजार ५ सय २४ मत ल्याएका छन् । भट्टराईको भने १८ हजार ९१ मत मात्रै आएको छ । अघिल्लो निर्वाचनमा भट्टराई यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।