झापा / मोरङका सबै निर्वाचन क्षेत्रमा पछिल्लो मतपरिणाम अनुसार मिश्रित परिणाम आउने देखिएको छ ।

OM Sai Pathibhara Hospital

प्रतिनिधि सभातर्फका ६ निर्वाचन क्षेत्र मध्ये अहिले सम्म एमाले र कांग्रेस दुई निर्वाचन क्षेत्रमा अगाडि छ भने एउटामा माओवादी र एउटामा स्वतन्त्र उम्मेदवार अगाडि छन् । 

क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडा ७ हजार २९ मतले अगाडी छन् । उनका निकटम् प्रतिद्वन्द्वी कांग्रेसका डिग बहादुर लिम्बू ६ हजार ४५८ सहित पछ्याईरहेका छन् । अहिलेसम्म खतिवडा र लिम्बूबीचको मतअन्तर ५७१ रहेको छ ।

यस्तै मोरङ २ मा पनि काङ्ग्रेसकी सुजता कोइराला भन्दा एमालेका ऋषिकेश पोखरेल अगाडी छन् । पोखरेलले ९ हजार ९६८ मत ल्याउँदा कोइरालाले ८ हजार ९०७ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर १ हजार ६१ मत रहेको छ । 

मोरङ ३ मा कांग्रेसका सुनिल कुमार शर्मा १० हजार ७९५ मतसहित अग्रस्थानमा छन् भने एमालेका भानुभक्त ढकाल ६ हजार ४८८ मतमा सिमित रहेका छन् । त्यस्तै राप्रपाकी रेखा थापाले २ हजार ३५६ मत ल्याएकी छिन् । 

मोरङ क्षेत्र नम्बर ४ मा माओवादीका अमन लाल मोदी १७ हजार २१३ सहित अग्रस्थानमा छन् । एमालेका विनोद प्रसाद ढकाल ९ हजार ३४८ मतसहित पछ्याइरहेका छन् । उनीहरु दुईबीचको मतान्तर ८ हजार बढीको रहेको छ ।

यसैगरी मोरङ ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल १२ हजार ३५ मतसहित अग्रस्थानमा छन् । माओवादीका माओवादी शिवकुमार मण्डल ९ हजार ११९ मतले पछ्याई रहेका छन् । यस क्षेत्रमा जसपाका राजकुमार यादवले ८ हजार ४७० ल्याएका छन् ।
योगेन्द्र र शिवकुमार बीचको मत अन्तर २ हजार ९१६ रहेको छ ।

मोरङको क्षेत्र नम्बर ६ मा काँग्रेस डा. शेखर कोइराला ११ हजार १०९ मतसहित अगाडि रहेका छन् । उनलाई एमालेका लालबाबु पण्डितले ८ हजार ९५० मतले पछ्याईरहेका छन् । दुईबीचको मतअन्तर २ हजार १५९ रहेको छ ।