सिन्धुली / प्रतिनिधिसभा तर्फ नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । सिन्धुली –२ मा माओवादीका उम्मेदवार लेखनाथ दाहाल (राजन) निर्वाचित भएसँगै माओवादीले खाता खालेको हो ।

दाहालले २७ हजार ५१७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मनोजजंग थापाले २१ हजार ६८७ मत प्राप्त गरेका छन् । दाहालले थापालाई पाँच हजार ८३० मतले पराजित गरेका हुन् ।

OM Sai Pathibhara Hospital

दाहाल यसअघि प्रदेशसभा सदस्य थिए ।