झापा / गुल्मी- २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

एमालेका विष्टले २८ हजार ४७६ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेकपा एसकी झाँक्रीले २६ हजार ४४२ मत पाइन् । विष्ट र झाँक्रीको मतान्तर २ हजार ३४ रहेको छ । विष्ट गुल्मी २ बाट २०७० र २०७४ मा पनि निर्वाचित भएका थिए । लगातार तेस्रो पटक विष्टले चुनाव जितेका हुन् ।