झापा  / झापा –५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २३ हजार ६५१ मतले पछि पार्दै अग्रता कायम राखेका छन् ।

ओलीले ४४ हजार ८०५ मत प्राप्त गर्दा अधिकारी २१ हजार १५४ मतसहित दोस्रो स्थानमा छन् । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेल रहेका छन् । उनले नौ हजार ९३० मत ल्याएका छन् । 

OM Sai Pathibhara Hospital

अन्य उम्मेदवारहरूले उल्लेख्य मत ल्याउन सकेका छैनन् ।