राजनीति

    Showing 7,071-7,080 of 10,368 items.
  • माओवादी सर्लाही विवाद : प्रचण्डले गरे दुवै पक्षसँग छलफल

    काठमाडौँ  / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्लाहीमा भएको अन्तर्घातका विषयमा दुवै पक्षसँग छलफल गरेका छन् । बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुवै पक्षका नेताहरूलाई बोलाएर चुनावमा भएको अन्तर्घातका विषयमा चासो राख्दै प्रचण्डले छलफल गरेका हुन् ।अध्यक्ष प्रचण्डले पार्टी पोलिटब्युरो सदस्य रामेश्वर राययादव, अच्युतम काफ्ले, प्रदेश इन्चार्ज गणेश साह, हरिवन, बाग्मती, बरहथवा नगरपालिका कमिटीका नेता लगायत जिल्ला कमिटीमा भएका नेतासँग छलफल गरेका हुन् ।यादवले सर्लाही ३ का माओवादी उम्मेदवार नरेन्द्र कलवार साहलाई अन्तर्घात गरेको भन्दै सर्लाहीका चार स्था

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 134 पटक पढिएको
  • समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा कुन दलले कति सिट पाए ?

    झापा / निर्वाचन आयोगले गत ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभातर्फको समानुपातिक सिट बाँडफाँड गरेको छ । जसअनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये ३४ प्रतिनिधिसभा तर्फ हो भने बाँकी प्रदेशसभाको हो । प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।  यसैगरी, ९६ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधिसभामा ३२,  प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदू

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 125 पटक पढिएको
  • काठमाडौँमा सीके राउतको दौडधुप : एक सातामा भेटे दर्जन भन्दाबढी नेता

    काठमाडौं / सप्तरी –२ बाट प्रतिनिधिसभा सदस्यमा दोब्बर मतान्तरसहित विजयी भएका जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पछिल्लो समय नेताहरूसँग भेटघाटमा व्यस्त छन् । संघ तथा प्रदेशको सत्ताको साँचो आफूसँग रहेको दावी गर्दै उनी सत्ता सहकार्यका लागि नेताहरूको घरघर पुगेर संवाद गरिरहेका छन् ।उनले विभिन्न दलका दर्जन भन्दाबढी नेताहरूसँग भेटवार्ता गरिसकेका छन् । पछिल्लो समय राउतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् । यी तीन नेतासँग गरेको भेटको तस्वीर राउतले बुधबार साँझ आफ्नो फेसबुकमा राखेका

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 152 पटक पढिएको
  • झापामा केपी ओलीसहित ७३ जनाले बुझाए चुनावी खर्च विवरण

    बिर्तामोड / मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरूले धमाधम चुनावी खर्च विवरण बुझाउन थालेका छन्।निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उम्मेदवारहरूले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय झापामा बुझाउन थालेका हुन्।झापाका ५ निर्वाचन क्षेत्रबाट ९४ जना प्रतिनिधिसभा र ९८ जना प्रदेशसभा गरी १९२ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमा प्रतिनिधिसभाका सदस्यका उम्मेद्वार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित ४० जना र ३३ जना प्रदेशसभा सदस्यका उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 125 पटक पढिएको
  • बहुविवाह गर्ने व्यक्तिलाई समानुपातिक सूचीबाट हटाउन माग गर्दै आयोगमा निवेदन

    काठमाडौँ / बहुविवाह गरेको व्यक्तिलाई प्रतिनिधिसभा–प्रदेश सभाको समानुपातिकको सूचीबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ ।अभिवक्ता केदार लुइँटेलले बहुविवाह गर्ने व्यक्तिहरूलाई समानुपातिकको सूचीबाट तत्कालै हटाउन माग गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् ।लुइटेलले दर्ता गरेको निवेदनमा मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाहलाई कसुरको रुपमा परिभाषित गरिएको उल्लेख गरिएको छ । राप्रपाका प्रेमराज थाम्सुहाङ, नेकपा मालेका कृष्णबहादुर आले र चिरञ्जीविराम थारु, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अकवाल कविराज, लोकतान्त्रिक संघीय मञ्चका ज्ञानबहादुर इबुङ लिम्बू र एमा

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 142 पटक पढिएको
  • प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

    काठमाडाैँ  / यही मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन्। निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उम्मेदवारहरूले खर्च विवरण बुझाउन थालेका हुन्। त्यस्तै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि मंगलबार चुनावी खर्चको विवरण बुझाएका छन्। देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरा मार्फत खर्च विवरण पेस गरेका हुन्। उनले निर्वाचनमा २६ लाख १२ हजार रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका सहसचिव महरले जानकारी दिए। प्रचार सामग्री छ

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 120 पटक पढिएको
  • विष्णु पौडेल र रामकृष्ण यादवको जितविरूद्ध सर्वोच्चमा मुद्दा

    काठमाडौँ  / नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई निर्वाचित गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। मंसिर ४ गते भएको रूपन्देही –२ को निर्वाचन परिणाम बदरको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले रिट दायर गरेका हुन्।उनले संवैधानिक इजलासमा मतगणनाको माग गर्दै रिट दायर गरेका छन् । रुपन्देही –२ को निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका उम्मेदवार पौडेललाई अनियमित रुपमा निर्वाचित भएको घोषणा गरेको उनको जिकिर छ । साथै धनुषा क्षेत्र नम्बर –२ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव विजयी भएका थिए। यादवले २० हजार १ सय १२ मत

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 129 पटक पढिएको
  • यी हुन् समानुपातिकमा पाँच हजार मत नकटाउने १० पार्टी

    झापा / मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत प्रतिनिधिसभाको समानुपातिकतर्फ १० वटा राजनीतिक दलले पाँच हजार मत पनि कटाउन सकेनन् । वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषसहित जन्मेको विवेकशील साझा पार्टीले समेत पाँच हजार मत कटाउन सकेन । विवेकशील साझा पार्टीले ४ हजार ४९ मत पाएको छ भने एकीकृत शक्ति नेपालले ३ हजार ७ सय ९२ मत पाएको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ३ हजार ७ सय २, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले ३ हजार ४ सय ६, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले ३ हजार ३ सय ५४, मौलिक जरोकिलो पार्टीले ३ हजार २ सय ५६, नेपाल समावेशी पार्टीले २ हजार ९ सय ६३, नेपा

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 128 पटक पढिएको
  • जेलबाट नेता–कार्यकर्तालाई रिहा गर्न विप्लवको माग

    झापा /  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्न सरकारसँग माग गरेको छ ।मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरि जेलबाट रिहाइ गर्न माग गरेका हुन् ।पछिल्लो समय नयाँ सरकार गठनको कसरत भइरहेका बेला प्रकाण्डले भने यही सरकारले आफूहरूको माग सम्बोधन गर्नुपर्ने माग राखे । गृहमन्त्री खाँणले नेकपाको मागमा सरकार इमानदार र प्रतिबद्ध रहेको बताएका छन् ।

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • 163 पटक पढिएको
  • दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

    काठमाडौँ / मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यसअघि नेकपा एमालेमा रहेका गुरुङ स्वतन्त्र हैसियतमा निर्वाचनमा भाग लिएका थिए ।एमालेबाट गण्डकी प्रदेश सरकारमा मन्त्रीसमेत बनिसकेका गुरुङले सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ (किसान) लगायत नेताहरूसँगको सामूहिक तस्बिर सार्वजनिक गर्दै आफू उक्त पार्टीमा प्रवेश गरेको बताएका हुन् ।सार्वजनिक तस्बिरमा माला लगाएका मनाङे अध्यक्ष नेपालसँग हात मिलाउँदै गरेको अवस्थामा देखिएका छन् । उनले आफू उक्त पार्टीमा प्रवेश गर्नुको कारण समेत उल्लेख गर्द

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • 128 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.