राजनीति

    Showing 7,071-7,080 of 7,653 items.
  • प्रदेश २ सभाको बैठक स्थगित

    जनकपुरधाम  / आज बुधबार बस्ने भनिएको प्रदेश २ सभाको बैठक स्थगित गरिएको छ । आगामी असार २५ गतेका लागि बस्ने प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।गत असार १ गते प्रस्तुत भएको आर्थिक वर्ष २०७८ ७९ को बजेटमा प्रदेश सभा बैठक बस्न नसक्दा छलफल शुरु हुन सकेको छैन । बजेट प्रस्तुत भएकै दिन बसेको दोस्रो बैठक नेकपा एमाले र माओवादी केन्द्रका सांसदले अवरुद्ध गरेका थिए ।चालु आर्थिक वर्षको बजेट खर्च गर्ने अन्तिम समय रहेकाले सबै सांसद आफ्ना योजनालाई हेर्ने र कार्यालयमा पनि चाप रहने भएकाले बैठक सारिएको प्रदेश सभा सचिव यादवले बताए ।

    • प्रकाशित मितिः असार २३, २०७८
    • 87 पटक पढिएको
  • कारबाही फिर्ताको माग गर्दै प्रचण्डविरुद्ध उजुरी

    काठमाडौँ / नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसदहरु अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दिन निर्वाचन आयोग जाने भएका छन् । पूर्वमाओवादी टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको टोलीले आजै निर्वाचन आयोगमा आफूहरुमाथिको कारबाही फिर्ताको माग गर्दै निवेदन दर्ता गर्न लागेको हो । हामी प्रत्यक्ष निर्वाचित सांसद हौँ, महाधिवेशन नै नगरेका प्रचण्डले हामीमाथि गरेको कारबाही वैधानिक छैन’, पूर्वमाओवादी नेता प्रभु साहले भने, ‘त्यसैले अवैधानिक रुपमा गरिएको कारबाही फिर्ताको माग गर्दै आयोगमा निवेदन दिन लागेका हौँ ।’त्यसैगरी केही दिनभित्रै सर्वोच्च अदालतमा पनि रिट निवेदन दर्ता गर

    • प्रकाशित मितिः असार २३, २०७८
    • 161 पटक पढिएको
  • निर्वाचन आयोगद्वारा जसपा विवाद टुंग्याउन इजलास गठन गर्ने

    बिर्तामोड / जनता समाजवादी पार्टीे आधिकारिकताको विवाद टुंग्याउन निर्वाचन आयोगले इजलास गठन गर्ने भएको छ । मंगलबार निर्वाचन आयोगमा जसपाको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच भएको छलफल पश्चात आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले पत्रकारसँग कुरागर्दै पार्टी भित्रको विवाद टुङ्गाउन इजलास गठन गर्ने बताएका हुन् ।   उपेन्द्र यादवले पार्टी विभाजन चाहेको भन्दै अब पार्टी विभाजनकै दिशातर्फ आगाडि बढेको प्रवक्ता श्रेष्ठले बताए। आजको छलफलबाट दुवै पक्ष मिल्न सहमत नभएका कारण नियमानुसार अगाडि बढ्ने भन्ने निर्णय भएको पनि उनले जानकारी दिए। जसपाको उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्

    • प्रकाशित मितिः असार २२, २०७८
    • 76 पटक पढिएको
  • माओवादीका केन्द्रीय सदस्य महादेव यादवको निधन

    काठमाडौं / नेकपा माओवादीका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५७ वर्षीय यादवको सोमबार बेलुका धनुषा जनकपुरस्थित आफ्नै निवासमा निधन भएको हो । यादवले  २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए । उनी महान् सहिद रामबृक्ष यादवलाई आदर्श मान्दै मुक्तिकामी आन्दोलनहरुमा सक्रिय सहभागी बनेका थिए । 

    • प्रकाशित मितिः असार २२, २०७८
    • 109 पटक पढिएको
  • संसद् विघटन मुद्दाको फैसला असार २८ मा गर्ने

    बिर्तामोड / संसद् विधानविरुद्ध परेको रिटको बहस आज सकिएको छ । सुनवाई शुरु भएको ११ औँ दिनमा आज बहस सकिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले अब, सो मुद्दाको फैसला असार २८ मा गर्ने भएको छ । प्रधान न्यायाधीशले मुद्दा हेर्दाहेर्दैमा राखेर २८ गते फैसला सुनाउने जानकारी दिएका छन् । सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जबाफी बहस गरेका थिए ।सोमबार कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदहरूको तर्फबाट जबाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिए । निवेदक तर्फबाट बरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्री बहादुर कार्की, कृष्ण प्रसाद &

    • प्रकाशित मितिः असार २१, २०७८
    • 100 पटक पढिएको
  • मध्यावधि निर्वाचन गर्ने तयारी गर्दै आयोग

    काठमाण्डौ /  जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन भएपछि सरकारले कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेको छ । सोही अनुसार निर्वाचन कार्यतालिका तयार भएको र चाँडै दल दर्ताका लागि आह्वान गर्ने तयारी रहेको आयोगले जानकारी दिएको छ।तालिका अनुसार पहिलो चरणको मतदानका लागि आउँदो असोज २० र २१ गते उम्मेदवारी मनोनयन गर्दै असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको कार्यतालिकामा उल्लेख गरिएको छ ।त्यसैगरी, दोस्रो चरणको मतदानकालागि असोज ३१ र कार्तिक १ गते उम्मेदवारी मनोनय दर्ता गर्दै कार्तिक ५ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिकामा उल्

    • प्रकाशित मितिः असार २१, २०७८
    • 154 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले आज माथिल्लो तामाकोशीको उद्घाटन गर्दै

    काठमाडौँ / दोलखाको बिगु गाउँपालिकामा निर्माणधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आज उद्घाटन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै आज साँझ ४ बजे भर्चुअल माध्यमबाट माथिल्लो तामाकोशीको उद्घाटन गर्न लागेका हुन् । कुल ४५६ मेगावाट विद्युत् उत्पादन क्षमताको आयोजनामा आज एक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन शुरु हुनेछ। आगामी आर्थिक वर्षमा ४५६ मेगावाट नै उत्पादनको लक्ष्य लिइएको छ ।आयोजनामा कुल ६ वटा युनिट छन् । जसबाट ७६ मेगावाटका दरले ४५६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

    • प्रकाशित मितिः असार २१, २०७८
    • 76 पटक पढिएको
  • प्रदेशसभाको बैठक बस्दै : वाग्मती

    काठमाडौँ / वाग्मती प्रदेशसभाको बैठक आज (सोमबार) फेरि बस्दै छ । बैठक दिउँसो एक बजे बस्न लागेको हो । आइतबार अपराह्न तीन बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै सोमबार दिउँसो सम्मका लागि सारिएको थियो ।विपक्षी दलहरूले विनियोजित बजेटमा माग गरिए अनुसारका योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । सहमतिको प्रयासमा आइतबार हेटौडामा सर्वदलीय बैठक बसेको थियो ।सभामुख सानु कुमार श्रेष्ठले आह्वान गरेको बैठकमा असार २१ गते दिउँसो १ बजे बस्ने बैठकमा विनियोजित बजेट शीर्षकमा छलफल पुनः सञ्चालन गर्ने सहमति भएको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बत

    • प्रकाशित मितिः असार २१, २०७८
    • 72 पटक पढिएको
  • रूपा सुनारले हालिन मन्त्री श्रेष्ठ विरुद्ध मुद्दा

    बिर्तामोड / सञ्चारकर्मी रूपा सुनारले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । आइतबार सुनारले मन्त्री श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी हुन् । उनले कोठा भाडामा लिने र दिने मौखिक समहति भइसकेको अवस्थामा घरधनी सरस्वती प्रधानले आफू दलित समुदायको भएको बताएपछि कोठा दिन अस्वीकार गरेको रिटमा उल्लेख गरेकी छन् । उनले रिटमा संवैधानिक एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनबमोजिम कारबाही तथा मौलिक हकको संरक्षणको लागि आदेश जार

    • प्रकाशित मितिः असार २०, २०७८
    • 331 पटक पढिएको
  • ओलीनिकट नेताको माधव नेपालसँग भेटबार्ता

    बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका नेताले  बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् । एमाले भित्रको आन्तरिक विवाद समाधान गर्न आग्रह गर्दै दोस्रो तहका नेताहरुले नेपालसँग भेटवार्ता गरेका हुन् । नेपाल निवास कोटेश्वर जानु अघि उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।  आज बिहान भएको भेटका क्रममा आफूहरुले पार्टी अध्यक्ष ओलीसँग भेटेर कुराकानी गर्न नेता नेपाललाई सुझाव दिएको एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । भेटका क्रममा नेता नेपालले भने आफैं कुरा गर्न र आफूले पनि कुराकानी गर्ने जवाफ दिएका थिए । भेटमा सुवास नेम्वाङ, विष्णु

    • प्रकाशित मितिः असार २०, २०७८
    • 180 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा