झापा / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्न सरकारसँग माग गरेको छ ।
मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरि जेलबाट रिहाइ गर्न माग गरेका हुन् ।





































