काठमाडौँ  / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्लाहीमा भएको अन्तर्घातका विषयमा दुवै पक्षसँग छलफल गरेका छन् । 

बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुवै पक्षका नेताहरूलाई बोलाएर चुनावमा भएको अन्तर्घातका विषयमा चासो राख्दै प्रचण्डले छलफल गरेका हुन् ।

OM Sai Pathibhara Hospital

अध्यक्ष प्रचण्डले पार्टी पोलिटब्युरो सदस्य रामेश्वर राययादव, अच्युतम काफ्ले, प्रदेश इन्चार्ज गणेश साह, हरिवन, बाग्मती, बरहथवा नगरपालिका कमिटीका नेता लगायत जिल्ला कमिटीमा भएका नेतासँग छलफल गरेका हुन् ।

यादवले सर्लाही ३ का माओवादी उम्मेदवार नरेन्द्र कलवार साहलाई अन्तर्घात गरेको भन्दै सर्लाहीका चार स्थानीय तहका कमिटीले सिफारिस गरेका छन् । 

पार्टीका आधिकारिक उम्मेदवार नरेन्द्र कलवार साहलाई भोट नमागेर एमालेका उम्मेदवार हरिप्रसाद उप्रेतीलाई भोट मागेको भन्दै उजुरी परेको छ । यस्तै सर्लाही जिल्ला इन्चार्ज काफ्ले समेत अन्तर्घात गरेको भन्दै चार स्थानीय तह कमिटीले कारबाहीको सिफारिस गरेका छन् ।