काठमाडौँ  / नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई निर्वाचित गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। 

मंसिर ४ गते भएको रूपन्देही –२ को निर्वाचन परिणाम बदरको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले रिट दायर गरेका हुन्।

OM Sai Pathibhara Hospital

उनले संवैधानिक इजलासमा मतगणनाको माग गर्दै रिट दायर गरेका छन् । रुपन्देही –२ को निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका उम्मेदवार पौडेललाई अनियमित रुपमा निर्वाचित भएको घोषणा गरेको उनको जिकिर छ । 

साथै धनुषा क्षेत्र नम्बर –२ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव विजयी भएका थिए। यादवले २० हजार १ सय १२ मत ल्याएका थिए। यहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर अरगरियाले १९ हजार ९ सय ५५ मत ल्याएका थिए।

यो क्षेत्रमा पनि धाँधली गरेर कांग्रेसका यादवलाई जिताएको दाबीसहित एमालेका अरगरियाले सर्वोच्चमा मुद्दा दिएका छन्। दुवै रिट मंगलबार सर्वोच्चमा दर्ता गरिएका हो ।