बिर्तामोड / मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरूले धमाधम चुनावी खर्च विवरण बुझाउन थालेका छन्।

निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उम्मेदवारहरूले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय झापामा बुझाउन थालेका हुन्।

OM Sai Pathibhara Hospital

झापाका ५ निर्वाचन क्षेत्रबाट ९४ जना प्रतिनिधिसभा र ९८ जना प्रदेशसभा गरी १९२ जना उम्मेदवार चुनावी मैदानमा थिए । 

जसमा प्रतिनिधिसभाका सदस्यका उम्मेद्वार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित ४० जना र ३३ जना प्रदेशसभा सदस्यका उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिए। 

सूचना अधिकारी न्यौपानेका अनुसार ओलीले चुनावी प्रचार सामग्री छपाइ, यातायात, खाजा खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत गरी विभिन्न शीर्षकमा १८ लाख ८२ हजार ५० रुपैयाँको चुनावी खर्च विवरण बुझाएका छन् । सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवारले ३१ लाख रुपैयाँ चुनावमा खर्च गर्न पाउने प्रावधान थियो।  

उम्मेदवारले मतदान भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था छ। सोही अनुरूप उम्मेदवारहरूले खर्चको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन् । ३५ दिनभित्र खर्च विवरण नबुझाए निर्वाचन आयोगले जरिवाना गर्नेछ।