झापा / मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत प्रतिनिधिसभाको समानुपातिकतर्फ १० वटा राजनीतिक दलले पाँच हजार मत पनि कटाउन सकेनन् । 

वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषसहित जन्मेको विवेकशील साझा पार्टीले समेत पाँच हजार मत कटाउन सकेन । 

OM Sai Pathibhara Hospital

विवेकशील साझा पार्टीले ४ हजार ४९ मत पाएको छ भने एकीकृत शक्ति नेपालले ३ हजार ७ सय ९२ मत पाएको छ । 

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ३ हजार ७ सय २, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले ३ हजार ४ सय ६, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले ३ हजार ३ सय ५४, मौलिक जरोकिलो पार्टीले ३ हजार २ सय ५६, नेपाल समावेशी पार्टीले २ हजार ९ सय ६३, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले २ हजार २ सय २०, राष्ट्रिय नागरिक पार्टीले २ हजार १ सय ५०, र नेश्‍नलिष्ट पिपल्स पार्टीले सबैभन्दा कम २ हजार १८ मत पाएको छ । 

समानुपातिकतर्फ ४७ वटा राजनीतिक दलले भाग लिँदा नेकपा एमाले, कांग्रेस र माओवादी केन्द्र क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल बन्न सफल भएको छ ।