काठमाडाैँ  / यही मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन्। 

निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उम्मेदवारहरूले खर्च विवरण बुझाउन थालेका हुन्। 

OM Sai Pathibhara Hospital

त्यस्तै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि मंगलबार चुनावी खर्चको विवरण बुझाएका छन्। देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरा मार्फत खर्च विवरण पेस गरेका हुन्। 

उनले निर्वाचनमा २६ लाख १२ हजार रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका सहसचिव महरले जानकारी दिए। प्रचार सामग्री छपाइ, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत सात शीर्षकमा उक्त खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको छ ।