काठमाडौँ । मिरज ढुंगाना नेतृत्वको जेन जेड समूहले प्रधानमन्त्री सुशीला कार्कीले फोन संवाद समेत गर्न नचाहेको भन्दै आपत्ति जनाएको छ ।सोमबार दिनभरि प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्नका लागि सम्पर्क गर्दा प्रधानमन्त्री कार्कीले मोबाइल फोन अफ गरेर सम्पर्क समेत गर्न नचाहेको उनीहरूको आरोप छ ।प्रधानमन्त्री सचिवालयबाटै आफन्त र नातेदारलाई नियुक्ति गर्ने काम भएपछि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरवार दक्षिण गेट पुगेका उनीहरू गृहमन्त्री ओमप्रकाश अर्यालसँग समेत सम्पर्क हुन नसकेपछि निराश भएर फर्किएका छन् ।उनीहरूले जेन जेडहरूको आवाज सुन्ने धैर्यता राख्न प्रधानमन्त्री कार्कीसँग आग्रह गरेका छन् ।प्रधानमन्त
काठमाडौं— नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै एमाले सर्वोच्चमा पुगेको हो। यो जानकारी विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले दिएका हुन्।यसअघि विघटित प्रतिनिधिसभा संसदीय दलको बैठकले अदालत जानेसम्बन्धी निर्णय गरेको थियो। बैठकले मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई रिट दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न आवश्यक अधिकार दिने निर्णय गरेको थियो।रिट निवेदकका रूपमा एमाले संसदीय दल (विघटित प्रतिनिधिसभ
काठमाडौँ। नेकपा (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट गर्न सो पार्टीको सङ्गठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ ।पार्टी स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने बताउनुभयो । यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ ।त्यसैगरी कायम भएको अन्तिम मतदाता सूचीको सङ्ख्या केन्द्रीय सङ्गठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ । यस्तै, मङ्सिर १२ गते साँझसम्
काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले स्थानिय सरकारहरुलाई विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम तलव दिन आग्रह गरेका छन् । मंगलबार फेसबुकमा स्टेटस राख्दै उनले शिक्षामन्त्रालयले बाल कक्षा शिक्षक, विद्यालय सहयोगी र विद्यालय सहायक कर्मचारीको लागि तलब संघीय अनुदानबाट पठाई सकेको भन्दै बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक रकममा नघट्ने गरि स्थानीय सरकारले थप्नु पर्ने बताए । उनले लेखेका छन्, ‘शिक्षामन्त्रालयले बाल कक्षा शिक्षकको लागि रु.१२०००, विद्यालय सहयोगीको लागि रु.१०,००० र विद्यालय सहायक कर्मचारीको लागि रू. १५००० तलब संघी
बाजुरा— सूदुरपश्चिम प्रदेशका ९ जिल्लामा ४६ हजार नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ९ वटै जिल्लाका निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता कार्यलाई तीव्रता दिईएको थियो ।निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि दिएको समयसीमा भित्र सूदुरका जिल्लामा ४६ हजार २० मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीका अनुसार,२९ हजार ४३९ जनाले राष्ट्रिय परिचयपत्र र बाँकी १६ हजार ५८१ जनाले सम्बन्धीत निर्वाचन कार्यालयमै पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएको जानकारी दिए । नयाँ थपिएका मतदाता
काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् ।सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता तथा शिक्षामन्त्री महावीर पुनले जानकारी दिए । त्यस्तै भैरवाको विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ लाई खारेज गरेर त्यस क्षेत्रमा विशेष आर्थिक क्षेत्र मासिक भाडा दर २० बाट घटाएर प्रतिवर्गमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय भएको पनि उनले जानकारी गराए । उले भने,‘भैरवाको विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ लाई खारेज गरेर त्यो क्षेत्रमा विशेष आर्थिक
काठमाडौं— प्रधानमन्त्री सुशीला कार्की विभिन्न दलका शीर्ष नेताहरूसँगको वार्ताका लागि तयारीमा जुटेकी छन् । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन उनी दलका शीर्ष नेताहरूसँगको छलफलमा जुटेकी हुन् ।स्रोतका अनुसार दलका दोस्रो तहका नेता र नागरिक समाजका केही अगुवाहरूले प्रधानमन्त्री कार्कीसँग शीर्ष नेताहरूको भेटवार्ताका लागि पहल गरिरहेका छन् ।विभिन्न दलका शीर्ष नेताहरूसँग वार्ताको तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । तर, कुन–कुन दलका शीर्ष नेताहरूसँग वार्ताको तयारी भइरहेको भन्नेबारे भने खुलाइएको छैन ।‘छलफल चलिरहेको छ । एकसाथ भेट्ने कि अलगअलग भेट्ने विषय छलफलकै
काठमाडौं— वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका छन् । सोमबार काठमाडौंमा ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ सार्वजनिक गर्दै उनले नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई संबोधन गर्न नसक्ने भएकोले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका हुन् ।महासचिव आहुतिले देशमा बारम्बार ठूलाठूला संघर्ष र बलिदानबाट बनेको राज्य सञ्चालन प्रणाली नेपाली विशेषता अनुसार नभई निश्चित वर्ग र समुदायका मानिसहरुको हितका लागि बनेको बताएका छन् । पछिल्लो समयमा प्रत्यक्ष कार्यकारी निर्वाचितको मुद्धा जोडदार उठ्दै गर्दा आहुतिले भ
काठमाडौं— दलितका लागि दलित अभियान चलाइरहेका खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको ‘हाम्रो पार्टी नेपाल’ले आधिकारिक प्रमाण पत्र पाएको छ । सोमबार दिउँसो निर्वाचन आयोगको कार्यालय पुगेर सुनारले पार्टी दर्ताको आधिकारिक प्रमाण पत्र लिएका हुन् । उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए । हाम्रो पार्टी नेपालले चुनाव चिह्न ‘लाइक’ को थम्मेल रहेको छ ।दल दर्ता प्रमाण पत्र लिएपछि अध्यक्ष सुनारले देश अप्ठ्यारोमा परेको बेलामा देशलाई सघाउन, परिस्थितीलाई सहज बनाउन चुनावमा भाग लिन पार्टी दर्ता गरेको बताए । उनले भने, ‘दल दर्ताको प्रमाण पत्र पाइसकेका छौं । देश अप्ठ्यारोमा परेको बेलामा
पोखरा— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरास्थित राष्ट्रिय माध्यमिक विद्यालयको भवन तथा जग्गा गैरकानूनी रुपमा निजी विद्यालयलाई भाडामा दिएको मुद्दामा संलग्न आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामविक्रम राणा, वडाध्यक्ष शाहारा प्रधान, पदेन सदस्य वरुणविक्रम राणा, शोवनाथ भट्टराई, विष्णुमाया लामिछाने, नारायणप्रसाद चापागाई, अञ्जुली बोर्डिङका सञ्चालक राजु केसी र प्रिन्सिपल सुनीता कुँवर केसीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर भएको हो ।उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार बिगो बराबर जरिवाना तथा कैद सजायको मागदाबी गरिएको छ। प्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.