काठमाडौँ / राष्ट्रियसभाले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई बहुमतद्वारा स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाको आजको बैठकमा उक्त प्रस्ताव पेस गरेका थिए ।त्यसअघि बैठकमा नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले राजनीतिक दलसम्बन्धी अध्यादेशले विग्रह निम्त्याएको आरोप लगाए । उनले पार्टी अनुशासन विरोधी गतिविधि गरेका १४ सांसदमाथि आफ्नो पार्टीले गरेको कारबाहीसम्बन्धी सूचना प्रकाशित नगरिएका आपत्तिसमेत जनाएका छन् । राष्ट्रियसभाको अर्को बैठक यही असोज ७ गते दिउँसो २ बजे बस्नेछ ।
चितवन / वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारका मातहतमा रहेका अस्पतालाई प्रभावकारी सेवा दिन आग्रह गरेकी छन् । पूर्वी चितवनस्थित बकुल्लहर रत्ननगर अस्पतालमा आज आयोजित पिसिआर ल्याब र अक्सिजन प्लान्टको शुभारम्भ गर्दै उनले अस्पताललाई थप श्रोत साधन सहयोग गरिने जानकारी समेत दिएकी छन् । यी दुवै उपकरण प्रदेश सरकारले अस्पताललाई उपलब्ध गराएको थियो । स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यक देखिएपछि सरकारले स्वास्थ्य मन्त्रालयलाई अलग बनाएको उनको भनाइ रहेको छ । मुख्यमन्त्री शाक्यले भनिन्,“सङ्घीय सरकारले प्रादेशिक अस्पताल हस्तान्तरण गर्न ढिला गरेकाले व्यवस्थापकीय पाटोमा समस्या
काभ्रेपलाञ्चोक / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनका क्रममा काभ्रेका तीन वडा सभापति सर्वसम्मत चयन भएका छन् ।यसरी चयन हुनेमा धुलिखेल नगरपालिका–११ वडा सभापतिमा नारायणप्रसाद ओझा, बनेपा नपा–११ मा राजु श्रेष्ठ र १२ नम्बर वडामा प्रेम शर्मा वाग्ले छन् । पार्टीका जिल्ला प्रवक्ता महेश पौडेलले केही वडामा सर्वसम्मतको प्रयास भइरहेको र केही वडामा सर्वसम्मत चयन भई निर्णय गर्ने चरणमा रहेको जानकारी दिएका छन् । उन्नाइस हजारभन्दा बढी क्रियाशील सदस्यले बाँकी वडासभापति चयन गर्दैछन् । जिल्लामा तेह्र पालिका छन् । आज काभ्रेसहित सात जिल्लामा वडा अधिवेशन जारी छ । पार्टीको के
बिर्तामोड / महाकाली सन्धी भएको २५ वर्ष पुरा भएको छ । आजकै दिन असोज ४ गते तत्कालिन प्रतिनिधी सभाको दुई तिहाई बहुमतले असमान महाकाली सन्धी अनुमोदन गरेको थियो । पहिलो पटक विदेशी मुलुकसँग गरेको सन्धी र सम्झौता सदनमा प्रवेश गराउँदै तत्कालिन सरकारले अनुमोदन गराएको थियो ।नेपालको पानी र भूभाग समेत गुमाउने गरी भएको सो सन्धि अनुमोदन गराउने काममा प्रमुख प्रतिपक्षी दल एमालेले पनि आफूलाई सत्ता पक्षकै लाइनमा उभ्याएर सहयोग गरेको थियो । असमान महाकाली सन्धि सन्धिका पक्षमा यतिबेला आफूलाई राष्ट्रवादी नेता सावित गर्न कोशिस गरिरहेका एमालेका अध्यक्ष केपी शर्मा ओली भरपुर सहयोग अनि समर्थन गरेका थिए ।ओली सन्धिका पक्षमा
बिर्तामोड / एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्युत गरी सरकारको नेतृत्व हत्याउन सफल बनेका शेर बहादुर देउवाले पनि ओलीकै बाटो हिड्न थालेको छनक दिएका छन् । ओली प्रधानमन्त्री रहेको समयमा भएका वेथिति र भ्रष्टाचारको विरोध गरी सत्ता यात्रा प्रारम्भ गरेका अन्य दलले पनि ओलीकै बाटो पछ्याउन थालेका हुन् ।संविधान दिवशका अवसरमा देशकै सवैभन्दा ठुलो विभुषण प्रदान गर्ने क्रममा देउवा नेतृत्वको सरकारले ओलीको बाटो मात्रै समातेको छैन , उनलाई समेत उछिन्ने संकेत दिएको छ । ओली सरकार प्रमुखमा रहेको समयबाट सुरु भएको आफु निकटलाई छानिछानि दिने विभूषणको खेलमा वर्तमान सरकारले नयाँ रेकर्ड नै बनाएको छ ।राज्यको ढुकुटीबाट २
काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेले सङ्गठन विस्तारको अभियानलाई तीव्र पारेको छ । सो पार्टीले पार्टी विभाजनसँगै पार्टीको संरचना निर्माणका लागि पहिला जिल्ला कमिटी गठन गरी नगर र गाउँपालिका हुँदै वडा कमिटीसम्म पार्टी, जनवर्गीय सङ्गठन निर्माणको अभियानलाई तीव्रता दिएको हो ।सोहीअनुरूप सोमबार काभ्रेपलाञ्चोकको मण्डनदेउपु नगरपालिका–१ बालुवापाटी देउपुरमा वडा कमिटी निर्माणसँगै जनवर्गीय सङ्गठन, महिला, किसान, दलित मुक्ति समाज, विद्यार्थी र युवासङ्घको कमिटी निर्माण गरिएको छ । सो क्रममा जोगबहादुर तामाङका अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गर्नुका साथै युवासङ्घ, अनेरास्ववियु, द
काठमाडौँ / नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये बुधबार सात जिल्लामा अधिवेशन हुँदैछ । यही असोज ५ गते सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । पार्टीले २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते एकै दिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो । बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेका कारण ती जिल्लामा भने वडा अधिवेशन निर्धारित समयमा नहुने देखिएको हो । कांग्रेसले यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन
बुटवल / बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई आफ्नै पार्टीका कार्यकर्ताले मुक्का प्रहार गरेका छन् । एमाले रूपन्देहीका अध्यक्ष समेत रहेका मेयर सुवेदी सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल उपमहानगरपालिका –३ ज्योतिनगर र लक्ष्मीनगर गएका थिए । पहिरो निरीक्षणका क्रममा ज्योतिनगर पुगेका सुवेदीलाई स्थानीय सरकारले नगरवासीका लागि केही नगरेको भन्दै एमालेकै कार्यकर्ता गणेश पंगेनीले मेयरमाथि मुक्का प्रहार गरेका हुन् । पंगेनी अनेरास्ववियु रूपन्देही जिल्ला कमिटी सदस्य रहेको पाइएको छ । उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् । यति लामो दिन आफूहरू विस्थापित हुँदा मेयर कहाँ थ
बिर्तामोड / प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले स्वीकृत गरेको हो । आर्थिक विधेयक माथिको दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही असोज ७ गतेका लागि छलफलको मिति तोकेका छन् । बैठकमा प्रस्तुत विधेयक उपरको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिए । उनले राजस्वमा आधारित अर्थतन्त्रलाई उत्पादनमूलक अर्थतन्त्रमा परिमार्जन गर्दै लगिने सरकारको नीतिअनुरूप बजेटमा सामान्य हेरफेर गरिएको जानकारी दिए । अर्थमन्त्री
काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठक केहीबेरअघि सुरु भएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल र जवाफ दिने कार्यक्रम छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बीच बैठक जारी रहेको हो । सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए । नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका शीर्षकका खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए। अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिइरहेका छन् । त्यस्तै ‘विनियोजन विधेयक, २०
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.