राजनीति

    Showing 6,621-6,630 of 9,634 items.
  • उम्मेदवार टुंगो लगाउन एमालेको सचिवालय बैठक बस्दै

    काठमाडौँ  / नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन एमालेले बैठक बोलाएको हो ।बैठक आज (बिहीबार) दिउँसो ३ बजेका लागि बोलाइएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनका लागि तोकेको असोज २३ गतेको समय नजिकिँदै गर्दा एमालेले बैठक बोलाएको हो ।बैठकमा तल्ला तहहरूबाट सिफारिस भएर आएका नामहरुबाट छलफल गरि टुङ्गोमा पुग्ने एमाले तयारी छ । त्यस्तै विभिन्न दलहरूसँग चुनावी तालमेल गर्नेबारे छलफल हुने जनाइएको छ ।

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 184 पटक पढिएको
  • विवेकशीलका ६ प्रदेश संयोजकले दिए पदबाट राजीनामा

    झापा / विवेकशील साझाका ६ जना प्रदेश संयोजकले पदबाट राजीनामा दिएका छन् । १ का इन्चार्ज प्रकाशचन्द्र परियार बाहेक सबै प्रदेश संयोजकले पदबाट राजीनामा दिएका हुन् । राजीनामा दिनेमा सुदूरपश्चिमका दिनेश भण्डारी, कर्णालीका कर्णबहादुर शाही (इन्चार्ज), लुम्बिनीका अनुपमान सैंजू, गण्डकीका सुशीला केसी अधिकारी, बाग्मतीका उज्ज्वलकृष्ण श्रेष्ठ र मधेसका धनपति महतो रहेका छन् ।परियारलाई भने हालै पार्टीले प्रवक्ताको जिम्मेवारी दिएका कारण पनि उनी विवेकशील साझामै रहने बताइएको छ । विवेकशील साझाका केन्द्रीय सदस्य नारायण कोइराला, कर्णबहादुर शाही, हरि गौतम, पूर्ण शाही, धर्म शाक्य, मुरली मिश्र माधव भण्डारी, शा

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 137 पटक पढिएको
  • राप्रपा र रवीन्द्र मिश्र समुहबीच एकता घोषणा

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र समुहबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकता घोषणा भएको हो ।घोषणापत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले हस्ताक्षर गरे । उक्त घोषण अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरूको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउनेछन् । 

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 102 पटक पढिएको
  • शेखर समूहद्वारा कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

    काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा डा. शेखर कोइराला समूहले धर्ना दिएको छ । बुधबार दिउँसो १ बजेदेखि कोइराला समूहका नेता कार्यकर्ता धर्नामा बसेका हुन् ।सभापति शेरबहादुर देउवाले समानुपातिक बन्दसूचीमा आफ्नो पक्षलाई सम्मानजनक स्थान नदिएको, सरसल्लाह विनै सूची बनाएको, एकलौटी र एकपक्षीय ढंगले चलेको भन्दै कोइराला समूह संस्थापन पक्षविरुद्ध आन्दोलित भएको हो ।कोइराला समूहले १४ असोजसम्म समानुपातिक बन्दसूची सच्याउन अल्टिमेटम दिएको छ । सो दबाबपछि संस्थापन पक्ष कोइराला समूहलाई सम्मानजनक स्थान दिन तयार देखिएको छ । एक दुई दिनभित्रै सूची सच्याउने कांग्रेसको तयारी छ । कांग्रेसले निर्वाच

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 106 पटक पढिएको
  • आजदेखि निर्वाचन आचारसंहिता लागू

    झापा / निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ ।आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन तीनवटै तहका सरकार, विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको छ । आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई आचारसंहिता कार्यान्वयन गर्न/गराउन निर्देशन दिएको हो ।सुरक्षा निकाय, सुरक्षाकर

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 96 पटक पढिएको
  • अमेरिकी सहायक विदेशमन्त्री एलिजाबेथ काठमाडौँमा

    काठमाडौँ / अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो काठमाण्डु आइपुगेकी छन् । विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो आज बिहान काठमाण्डु आइपुगेकी हुन् ।ट्रुडोले नेपालमा रहँदा अमेरिकाबारे चिनले फैलाएको मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।अमेरिकाले चीनले नेपालमा अमेरिकी परियोजनाविरुद्ध भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाइरहेको छ । अमेरिकी वरिष्ठ कूटनीतिज्ञ ट्रुडोले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद क

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 94 पटक पढिएको
  • सिट बाँडफाँड टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी

    काठमाडौँ / सिट बाँडफाँडको टुंगो लगाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँडको टुंगो लगाउन केही बेर अघिदेखि बैठक सुरु भएको हो । बैठकले बाँकी प्रतिनिधिसभाका करिब १६ सिट र प्रदेश तिरका करिब ३५ सिटको भाग मिलाउने तयारी गरेको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको सिट बाँडफाँडलाई लिएर गठबन्धन अझै अलमलमा छ । खासगरी पछिल्लो समय कांग्रेसमा देखिएको विवादका कारण गठबन्धनले सिट बाँडफाँड मिलाउन सकेको छैन । आसन्न निर्वाचनका लागि बन्दसूची सच्याउने अन्तिम म्याद र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने समय नजिकिँदै गर्दा दलहरू

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 105 पटक पढिएको
  • आसन्न निर्वाचनका लागि ७५ हजार सेना परिचालन हुने

    झापा / आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनको सुरक्षाका लागि ७५ हजार सेना परिचालन हुने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न निर्वाचनको सुरक्षामा ७५ हजार सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् । राष्ट्रिय सुरक्षा परिषद्को गत भदौ १७ मा भएको बैठकले निर्वाचनमा १० वटा कार्यादेश दिएर सेना खटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । त्यसकै आधारमा मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रधानमन्त्री शेरबहादुर देउवाले सेना परिचालन गर्न भदौ २७ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । आइतबार राष्ट्रपति भण्डारीले स्वीकृति प्रदान गरेसँगै जंगी अड्डालाई केन्द्रीय सुरक्षा समिति बैठकबाट स्

    • प्रकाशित मितिः असोज ११, २०७९
    • 101 पटक पढिएको
  • आम निर्वाचनका लागि पार्टी र उम्मेदवारको खर्चको सीमा तोकिँदै आयोग, कहाँ कति ?

    झापा / निर्वाचन आयोगले आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य उमेदवारहरूको प्रचारप्रसार खर्च सीमा बढाउने तयारी गरेको छ । निर्वाचन क्षेत्रहरूलाई वर्गमा विभाजन गरेर छुट्टाछुट्टै खर्च तोक्ने आयोगले तयारी गरेको हो । खर्चको सीमा बढाइए पनि यसलाई वैज्ञानिक बनाउन लागिएको आयोगले जनाएको छ । ०७४ को निर्वाचनमा प्रतिनिधिसभा तर्फ प्रति उमेदवार २५ लाख रुपैयाँ र प्रदेशसभा तर्फ १५ लाख खर्च सीमा तोकिएको थियो । त्यसको आधार पुष्टि नहुने भन्दै विरोध गरिएपछि आयोगले खर्च सीमाबारे नयाँ प्रस्ताव अघि सारेको हो ।आयोगले अघि सारेको प्रस्तावअनुसार एउटै जिल्लाको निर्वाचन क्षेत्रपिच्छे खर्च सीमा फरक–फरक हुनेछ । आयोगले खर्च स

    • प्रकाशित मितिः असोज ११, २०७९
    • 108 पटक पढिएको
  • अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो भोलि नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

    झापा  / अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो नेपाल भ्रमणमा आउने भएकी छन् । विश्वव्यापी सार्वजनिक मामिला हेर्ने उनी भोलि (बुधबार) नेपाल आउन लागेकी हुन् ।अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ट्रुडोको नेपाल भ्रमणबारे जानकारी दिएको छ ।  ट्रुडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।चीनले नेपालमा एमसीसी परियोजनाविरुद्ध भ्रमपूर्ण सूचना फैलाएको आरोप अमेरिकाले लगाइरहेको छ । उनले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद कसरी गर्न सकिन्छ

    • प्रकाशित मितिः असोज ११, २०७९
    • 107 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.