राजनीति

    Showing 6,581-6,590 of 10,361 items.
  • एमालेले बोलायो केन्द्रीय कमिटी बैठक फागुन ८ गते

    काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म बस्नेगरी बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताएका छन ।बैठकमा पछिल्ला समसामयिक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे छलफल हुने उनले बताएका छन। बैठकमा मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको समीक्षा हुने बताए ।

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 139 पटक पढिएको
  • आज एमालेकाे सचिवालय बैठक बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक बिहीबार(आज) अपराह्न ३ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बोलाइएको हो ।बैठकको प्रस्ताव तयार पार्न केन्द्रीय कार्यालयको बैठक बुधबार नै बसेको थियो। आज बस्ने सचिवालय बैठकमा माघ ११ मा भएको राष्ट्रिय सभा निर्वाचन र गठबन्धन सरकारको कामबारे समीक्षा गरिने बताइएको छ ।यस्तै केन्द्रीय कमिटी बैठक बोलाउने र समसायिक राजनीतिक विषयहरुमाथि छलफल हुने बताइएको छ ।

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 207 पटक पढिएको
  • सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग ‘जनयुद्ध’: प्रधानमन्त्री दाहाल

    काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएकाे बताएका छन्।जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको बताएका हुन्।जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको उल्लेख गर्दै अध्यक्ष दाहालल

    • प्रकाशित मितिः फागुन १, २०८०
    • 203 पटक पढिएको
  • दुर्गा प्रसाईंको शक्ति प्रदर्शन आज भृकुटीमण्डपमा

    काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र बचाउ महाअभियान’का अभियन्ता दुर्गा प्रसाईँको कार्यक्रम भृकुटीमण्डपमा हुने भएको छ । आज (फागुन १ गते) टुँडिखेलमा कार्यक्रम गर्ने भनिएपनि अनुमति नपाएपछि भृकुटीमण्डपमा हुने भएको हो ।काठमाडौं जिल्ला प्रशासन कार्यालयले भुकुटी मण्डपको खाली ठाउँमा विरोध प्रदर्शन गर्न प्रसाईलाई अनुमति प्रदान गरेको छ । प्रसाईंले लघुवित्त, सहकारी र बैंकबाट पीडितहरुको ऋण मिनाहा लगायतका माग राखेर काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।उनले गत वर्ष झापामा पूर्वराजा ज्ञानेन्द्र शाहले बालेको दियो टुँडीखेलमा पुनः प्रज्वलन गर्ने भन्दै पूर्वराजालाई समेत टुँडीखेल आउन निम्तो पठाएका थिए ।

    • प्रकाशित मितिः फागुन १, २०८०
    • 366 पटक पढिएको
  • माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि काठमाण्डौमा सुरु हुँदै

    काठमाडौं   ।   सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन आजदेखि काठमाण्डौमा सुरु हुँदैछ ।  बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ ।तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहनेछ

    • प्रकाशित मितिः फागुन १, २०८०
    • 224 पटक पढिएको
  • नेकपा माओवादीको केन्द्रीय समिति बैठक आजपनि

    काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ।आइतबारदेखि काठमाडाैंमा सुरू भएको केन्द्रीय समिति बैठकमा यसअघि भएको माओवादी रूपान्तरण अभियानका बारेमा समिक्षा सुरू गरिएको छ। आज पनि सो अभियानका बारेमा छलफल हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका रहेको छ।फागुन १ गते देखी सुरू हुने बिधान अधिवेशन अघि माओवादीले केन्द्रीय समिति बैठक बोलाएको छ। गत शनिवार सम्पन्न स्थायी समितिले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पारित र त्यसलाइ पदाधिकारीले टुंगो लगाएर बिधान अधिवेशनमा पेश गर्ने निर्णय गरेको भोलिपल्ट सो केन्द्रीय समिति बैठक बोलाइएको हो।आइतब

    • प्रकाशित मितिः माघ २९, २०८०
    • 222 पटक पढिएको
  • माओवादी केन्द्रीय समिति बैठक आज बस्दै

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक आज(आइतबार) बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्दै छ। पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।प्रवक्ता सापकोटाका अनुसार बैठक आइतबार र सोमबार दुई दिनसम्म चल्नेछ । बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ ।समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ । माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा शहीद

    • प्रकाशित मितिः माघ २८, २०८०
    • 192 पटक पढिएको
  • माओवादी स्थायी समिति बैठक आज : विधान अधिवेशन तयारि

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दैछ ।  आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन् ।बैठक भोलि ९शनिबार० पनि बस्ने उनले बताए । बैठकमा विधान मस्यौदाबारे छलफल हुने जनाइएको छ । पुस २८ गते बसेको स्थायी कमिटीको बैठकले फागुन १,२ र ३ गते विधान अधिवेशन गर्ने निर्णय गरेको थियो ।  विधान संसोधनका लागि गठित मस्यौदा समितिले केन्द्रीय कमिटीको आकारदेखि विभिन्न विषयमा संसोधन गर्ने प्रस्ताव गरेको थियो । ती प्रस्तावहरूलाई पार्टीको तल्लो तहसम्म सर्कुलर गरी सुझाव संकलन गरिने बताइएको छ । पा

    • प्रकाशित मितिः माघ २६, २०८०
    • 219 पटक पढिएको
  • कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता

    मोरङ  ।  कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने भएको छ । प्रदेशको नाम कोशी खारेज गरेर पहिचानको आधारमा पुन: नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको ‘प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति’ले वार्ता समिति गठन गरेपछि आज सरकारसँग वार्ता हुन लागेको हो ।वार्ता दिउँसो ३ बजे विराटनगरको एक होटलमा हुनेछ ।माघ ६ मा बसेको मन्त्रिपरिषदको बैठकले पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । वार्ता समितिको सदस्यमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 229 पटक पढिएको
  • नेपालमा संघियता असफल भयो; उपेन्द्र

    काठमाण्डौ  ।  जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय व्यवस्था असफल भएको टिप्पणी गरेका छन् । बुधबार हेटौंडामा आयोजित जसपा नगर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयताले मुलुकमा स्थायित्व दिन नसकेको बताएका हुन् ।उनले देशमा विद्यमान समस्याका कारण संघीय व्यवस्था असफल भएको बताए । संघीयता आएपनि देशमा बेथिति नहटेको उनको भनाई छ । उनले संविधानको संरचनागत ढाँचा नै गलत भएको बताए । संविधान अनुसार स्थानीय र प्रदेश सरकारले काम गर्न नसकेको उनले बताए ।‘संघीय व्यवस्थामा संविधान अनुसार स्थानीय र प्रदेश सरकारहरुले आफ्नो अधिकार पाउन सकेका छैनन् । अधिकारबाट वञ्च

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 329 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.