काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म बस्नेगरी बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताएका छन ।

बैठकमा पछिल्ला समसामयिक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे छलफल हुने उनले बताएका छन।

OM Sai Pathibhara Hospital

बैठकमा मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको समीक्षा हुने बताए ।