काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दैछ ।  आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन् ।बैठक भोलि ९शनिबार० पनि बस्ने उनले बताए ।

बैठकमा विधान मस्यौदाबारे छलफल हुने जनाइएको छ । पुस २८ गते बसेको स्थायी कमिटीको बैठकले फागुन १,२ र ३ गते विधान अधिवेशन गर्ने निर्णय गरेको थियो ।  विधान संसोधनका लागि गठित मस्यौदा समितिले केन्द्रीय कमिटीको आकारदेखि विभिन्न विषयमा संसोधन गर्ने प्रस्ताव गरेको थियो । ती प्रस्तावहरूलाई पार्टीको तल्लो तहसम्म सर्कुलर गरी सुझाव संकलन गरिने बताइएको छ । पार्टीका तल्ला कमिटीले विधानका प्रस्तावहरूमा दिएको सुझावबारे निर्णय गर्न आज स्थायी कमिटीको बैठक राखिएको हो । 

OM Sai Pathibhara Hospital

स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । केन्द्रीय कमिटीको बैठक राष्ट्रिय सभागृहमा राखिने साहले बताए ।