काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक बिहीबार(आज) अपराह्न ३ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बोलाइएको हो ।

बैठकको प्रस्ताव तयार पार्न केन्द्रीय कार्यालयको बैठक बुधबार नै बसेको थियो। आज बस्ने सचिवालय बैठकमा माघ ११ मा भएको राष्ट्रिय सभा निर्वाचन र गठबन्धन सरकारको कामबारे समीक्षा गरिने बताइएको छ ।

OM Sai Pathibhara Hospital

यस्तै केन्द्रीय कमिटी बैठक बोलाउने र समसायिक राजनीतिक विषयहरुमाथि छलफल हुने बताइएको छ ।