बुटवल- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्।प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई संविधानको धारा १६८ (२) बमोजिम सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।आचार्यले नेपाली कांग्रेसको समर्थनमा आजै ५६ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थन छ ।
काठमाडौं- करिब एक दर्जन सहसचिव र आधा दर्जन उपसचिवलाई उछिन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवमा सहसचिव बिनोदबहादुर कुँवरको सरुवा भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या जनसंख्या महाशाखा प्रमुख रहेका कुँवरलाई प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा सुरुवा गरेका छन्। ओली यस अघि प्रधानमन्त्री भएका बखत पनि कुँवर सोही जिम्मेवारीमा थिए। आन्तरिक राजस्व विभागमा १४ महिना महानिर्देशकको जिम्मेवारीमा रहेका कुँवर तीनवर्ष गण्डकी प्रदेश मन्त्रालयको सचिवको भूमिकामा थिए।२०६२/०६३ सालको जनआन्दोलनका बेला सिंहदरबार कर्मचारीले गरेको आन्दोलनको नेतृत्व कुँवरले गरेका थिए। जनआन्दोलन दबाउनका लागि प्र
काठमाडौँ- नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष दाबी पेस भएको छ। नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउने गरी भएको सहमति बमोजिम लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गरिएको हो। एमाले(कांग्रेसका ५६ जनाको हस्ताक्षरसहित दाबी पेस गरिएको हो।मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा बुझाएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आज सोमबार साँझ ६ बजे सम्मको समय सीमा दिएर आह्वान गरेका थिए। प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सां
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिले प्रतिनिधिसभामा सांसदहरुको प्रश्नोत्तर चलिरहेको छ । ओलीले जवाफ दिँदा विषयान्तर गरी जवाफ दिने प्रयास गरेका छन् । लिखितभन्दा पनि अलिखित विषयबीचमा आएकाले त्यसको जवाफ दिनुपरेको ओलीले बताएका छन् । त्यसअघि प्रधानमन्त्रीले विषयान्तर गरेको भन्दै माओवादी सांसद वर्षमान पुनले नियमापत्ति गरे । उनले उठेर समय मागे र सभामुख देवराज घिमिरेले समयदिएपछि विषयमा बोल्न सभामुखले रुलिङ गुर्नपर्ने माग गरे। सभामुखले विषयमा ल्याउन प्रयन्त भइरहेका बताए। केही बेरको नोकझोकपछि प्रधानमन्त्री ओली कांग्रेस सांसद धनराज गुरुङले राखेको प्रश्नहरूको उत्तर दिन थाले।
काठमाडौँ- नेपाली कांग्रेस सांसद शशांक कोइरालाले प्रतिनिधिसभाको बैठक चलिरहँदा सूर्तीजन्य पदार्थ सेवन गरेका छन् । सोमबारेका प्रतिनिधिसभा शून्य समयमा कांग्रेसकै सांसद राजेन्द्र बजगाईं बोलिरहेको बेला उनले गुट्खा सेवन गरेको दृश्य प्रत्यक्ष प्रशारणमा देखिएको थियो । पहिलेदेखि नै केही कुरा चपाइरहेको देखिने कोइरालाले सांसद बजगाईं बोल्दै गर्दा प्याकेट खोलेर मुन्टोमाथि गर्दै दुई हातले गुट्खा खाएको देखिन्छ ।
काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रलाई सुदृढ बनाउन आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपालले यस्तो बताएका हुन् । उनले राष्ट्रको विकास र जनताको समृद्धिका लागि देशमा सुशासन कायम गरी उत्पादन वृद्धिमा जोड दिनुपर्ने पनि बताएक छन् ।
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएपछि पहिलोपटक प्रतिनिधि सभाको बैठक बोलाइएको छ । आज अपरान्ह १ बजे बस्नेगरी प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ । ओली चौथोपटक प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रश्नोत्तर हुँदैछ । ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एमालेसँगै लोसपा र जसपा छन् । यस्तै, आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको बिधायन सम्बन्धि विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत छ ।
काठमाडौं–बागमती प्रदेशमा नेपाली कांग्रेसले पहिलोपटक नेतृत्व गर्ने भएको छ । एमालेको समर्थनमा बागमती प्रदशेसभामा कांग्रेसले नेतृत्व गर्न लागेको हो । आज नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् । आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत भएको थियो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । केन्द्रमा बनेको कांग्रेस–एमाले गठबन्धन अनुसार एमालेको समर्थनमा लामा मुख्यमन्त्री बन्दैछन् । प्रदेशसभामा भएका बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गर्ने तयारी छ । ११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत पाएका छन्। उनले आज विश्वासको मत पाउँ भनी पेस गरेको प्रस्तावमाथि सांसदरूले मत हाल्दा दुई तिहाइ भन्दा बढी मत पाएका छन्। उनलाई सत्ता घटकका नेपाली कांग्रेस, नेकपा एमाले, जसपा (दुवै), नाउपा, लोसपा, जनमत पार्टी र २ स्वतन्त्र सांसदले मत हालेका हुन्। उनको पक्षमा १८८ मत परेको छ। उनको विपक्षमा माओवादी केन्द्र, रास्वपा, राप्रपालगायका दलले मतदान गरेका छन्।
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन रहर नभई आवश्यकता भएको बताएका छन्।प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वास मतसम्बन्धी प्रस्तावमा उठेका छलफलमाथि जबाफ दिँदै प्रधानमन्त्री ओलीले जनताको चाहनाअनुसार संविधान संशोधन हुन सक्ने बताए।‘संविधान संशोधनीय, गतिशील र जीवन्त दस्तावेज हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यो आवश्यकता र जनताको मागअनुसार संशोधन हुन्छ, हुन सक्छ। रहरको विषय होइन आवश्यकताको विषय हो।’उनले यसअघि सर्वसम्मतिमा संविधान संशोधन भएको पनि बताए। त्यसबेला पनि केही सांसदहरूले असहमति राखेको ओलीले सुनाए।‘जो जसका जेसुकै राजनीतिक भिन्नता भए पनि एक ठाउँमा आएर संविधान संशोधन हुने रहेछ,’
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.