काठमाडौं–बागमती प्रदेशमा नेपाली कांग्रेसले पहिलोपटक नेतृत्व गर्ने भएको छ ।

एमालेको समर्थनमा बागमती प्रदशेसभामा कांग्रेसले नेतृत्व गर्न लागेको हो । आज नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् ।

OM Sai Pathibhara Hospital

आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत भएको थियो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

केन्द्रमा बनेको कांग्रेस–एमाले गठबन्धन अनुसार एमालेको समर्थनमा लामा मुख्यमन्त्री बन्दैछन् । प्रदेशसभामा भएका बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गर्ने तयारी छ ।

११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा ५६ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् ।

माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । लामाको नियुक्ती भने मंगलबार साँझ ५ बजेपछि मात्रै हुनेछ ।