काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत पाएका छन्। उनले आज विश्वासको मत पाउँ भनी पेस गरेको प्रस्तावमाथि सांसदरूले मत हाल्दा दुई तिहाइ भन्दा बढी मत पाएका छन्।

उनलाई सत्ता घटकका नेपाली कांग्रेस, नेकपा एमाले, जसपा (दुवै), नाउपा, लोसपा, जनमत पार्टी र २ स्वतन्त्र सांसदले मत हालेका हुन्।

OM Sai Pathibhara Hospital

उनको पक्षमा १८८ मत परेको छ। उनको विपक्षमा माओवादी केन्द्र, रास्वपा, राप्रपालगायका दलले मतदान गरेका छन्।