काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिले प्रतिनिधिसभामा सांसदहरुको प्रश्नोत्तर चलिरहेको छ । ओलीले जवाफ दिँदा विषयान्तर गरी जवाफ दिने प्रयास गरेका छन् । 

लिखितभन्दा पनि अलिखित विषयबीचमा आएकाले त्यसको जवाफ दिनुपरेको ओलीले बताएका छन् । त्यसअघि प्रधानमन्त्रीले विषयान्तर गरेको भन्दै माओवादी सांसद वर्षमान पुनले नियमापत्ति गरे ।

OM Sai Pathibhara Hospital

 उनले उठेर समय मागे र सभामुख देवराज घिमिरेले समयदिएपछि विषयमा बोल्न सभामुखले रुलिङ गुर्नपर्ने माग गरे। सभामुखले विषयमा ल्याउन प्रयन्त भइरहेका बताए। केही बेरको नोकझोकपछि प्रधानमन्त्री ओली कांग्रेस सांसद धनराज गुरुङले राखेको प्रश्नहरूको उत्तर दिन थाले।