काठमाडौं- करिब एक दर्जन सहसचिव र आधा दर्जन उपसचिवलाई उछिन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवमा सहसचिव बिनोदबहादुर कुँवरको सरुवा भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या जनसंख्या महाशाखा प्रमुख रहेका कुँवरलाई प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा सुरुवा गरेका छन्। 

OM Sai Pathibhara Hospital

ओली यस अघि प्रधानमन्त्री भएका बखत पनि कुँवर सोही जिम्मेवारीमा थिए। आन्तरिक राजस्व विभागमा १४ महिना महानिर्देशकको जिम्मेवारीमा रहेका कुँवर तीनवर्ष गण्डकी प्रदेश मन्त्रालयको सचिवको भूमिकामा थिए।

२०६२/०६३ सालको जनआन्दोलनका बेला सिंहदरबार कर्मचारीले गरेको आन्दोलनको नेतृत्व कुँवरले गरेका थिए। जनआन्दोलन दबाउनका लागि प्रहरीले हानेको गोली लागेर कुँवर घाइते भएका थिए।