काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएपछि पहिलोपटक प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

आज अपरान्ह  १ बजे बस्नेगरी प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ ।

OM Sai Pathibhara Hospital

ओली चौथोपटक प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रश्नोत्तर हुँदैछ ।

ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एमालेसँगै लोसपा र जसपा छन् ।

यस्तै, आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको बिधायन सम्बन्धि विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत छ ।