राजनीति

    Showing 6,241-6,250 of 7,624 items.
  • एमाले महाअधिवेसन : १५ पदका लागि प्रदेश एकका ११ नेताको दावी

    बिर्तामोड / नेकपा एमालेको आसन्न महाधिवेशनमा प्रदेश एकबाटै पदाधिकारीमा ११ जना आकांक्षी देखिएका छन् । कुल १५ पदका लागि ११ पदमा प्रदेश एकका नेताले आफ्नो दावी प्रस्तुत गरेका छन् । १५ पदका लागि देशभरिबाट १०० जनाभन्दा बढी उम्मेदवार चुनावी प्रतिष्पर्धामा होमिने अड्कल काटिएको छ । करिब २२ सय प्रतिनिधि हुने महाधिवेशनमा विभिन्न पदमा ९ सय आकांक्षी देखिएपछि नेताहरूको व्यवस्थापनमा समेत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सकस पर्ने भएको छ ।पार्टी अध्यक्ष ओली सहित उच्च तहमा रहेर काम गरिरहेका दर्जनौँ नेता रहेकाले पनि प्रदेश एकबाट पदाधिकारीमा बढी आकांक्षी देखिएका हुन् । प्रदेश १ का दुई पूर्व मुख्यमन्त्री भीम आचार्

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 94 पटक पढिएको
  • मंसिर १५ गतेबाट गोला प्रक्रियाबाट इजलास

    काठमाडौं / सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट इजलास तोकिने भएको छ । बिहीबार (आज) बसेको फुल कोर्ट बैठकले सर्वोच्च अदालत दोस्रो संशोधित नियमावलीको प्रावधान अनुसार मंसिर १५ गतेबाट गोला प्रक्रियाबाट इजलास तोक्ने समय निर्धारण गरेको हो ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अनुपस्थितिमा सर्वोच्चका १८ न्यायाधीशको बैठकले त्यस्तो निर्णय गरेको हो । निर्णयमा प्रधानन्यायाधीश जबराले पनि हस्ताक्षर गर्ने बताइएको छ ।पछिल्लो निर्णय सँगै सर्वोच्चका न्यायाधीश आगामी बुधबारदेखि इजलासमा बस्ने भएका छन् । यसअघि प्रधानन्यायाधीशको तजबिजमा इजलास तोकिँदै आएको थियो ।

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 69 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : निधीद्वारा सभापतिमा उम्मेद्वारी घोषणा

    बिर्तामोड / नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । निधिले बिहीबार पत्रकार सम्मेलन गरी आसन्न १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।उम्मेदवारी घोषणा गर्दै निधिले आफूले ‘लोकतन्त्र प्राप्तिका लागि सङ्घर्षपूर्ण कठिन दिनमा जेलनेल भोगेको र आफू योग्य भएको समेत दावी गरेका छन् ।निधि सँगै पार्टी सभापतिका लागि औपचारिक घोषणा गर्ने नेताको संख्या दुई पुगेको छ । यसअघि कांग्रेस नेता कल्याण गुरुङले उम्मेद्वारी घोषणा गरेका थिए । कांग्रेस नेता प्रकाशमान सिंह , रामचन्द्र पौडेल , शसांक कोइराला , डा. शेखर कोइराला र शेर बहादुर देउवा पनि सभापतिका आकांक्षी ह

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 64 पटक पढिएको
  • राप्रपा महाधिवेशन : पार्टी नेतृत्वका लागि अघि बढ्यो दोस्रो पुस्ता

    काठमाडौँ / पुरानो पुस्तालाई चुनौति दिदै  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनमा झापाली नेता राजेन्द्रप्रसाद लिङ्देन ले पार्टी अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।बिहीबार काठमाडौंमा कार्यक्रमको आयोजना गरी नेता लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लिङ्देनलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा र चर्चित अभिनेत्री रेखा थापालगायतले समर्थन गरेका छन् ।लिङदेन नेतृत्वको समूहले छुट्टै प्यानल नै बनाएर पार्टीका संस्थापक नेताहरूसँग प्रतिष्पर्धा गर्ने भएको हो । पार्टी अध्यक्ष त्रय कमल थापा , पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले अध्यक्ष

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 72 पटक पढिएको
  • एमाले महाधिवेशन: चितवनमा बढ्यो चहलपहल

    चितवन / नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ। एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम जारी छ।महाधिवेशनमा सहभागी हुने प्रतिनिधि आजदेखि आउने क्रम सुरु हुनेछ। महाधिवेशन प्रतिनिधिका लागि सौराहामा शनिबारदेखि मात्रै बस्ने व्यवस्थापन मिलाइएको छ। महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्चको निर्माण कार्यले तीव्र गति लिइरहेको छ।गैँडाको मस्कट तयारनेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा अङ्कित गैँडाको मस्कट तयार गरिएक

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 70 पटक पढिएको
  • महिला हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति

    काठमाडौं  / राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताएकी छन्।महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, २०७८ का लागि आज शुभकामना सन्देश दिँदै उनले ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ विभिन्न कार्यक्रम आयोजना गरी सञ्चालन गरिने अभियानको सफलताको कामना गरेकी छन्।‘नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितमूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सङ्

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 68 पटक पढिएको
  • लैङ्गिक हिंसारहित समाज निर्माण गर्न सबैको सहयोग आवश्यक : प्रधानमन्त्री देउवा

    काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबैको सहयोग आवश्यक पर्ने उल्लेख गरेका छन्।लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी गर्दै उनले अभियानलाई प्रभावरकारीरुपले मनाउन सङ्घ, प्रदेश र स्थानीय तहलगायत सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेका छन्। नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष नेपालमा पनि ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको छ।देशव्यापीरूपमा लैङ्गिक हिसाविरुद्धको अभियानमा अग्रसर भई हिंसा न्यूनीकरणमा योगदान पुर्‍याउने र

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 57 पटक पढिएको
  • कांग्रेस महाअधिवेसन : भूमि आयोगका अध्यक्ष निरौला पराजित

    विराटनगर / कांग्रेस नेता एवं राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला जारी अधिवेशनका क्रममा महाधिवेशन प्रतिनिधिमा नै पराजित भएका छन् । अध्यक्ष निरौला मोरङको क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा पराजित बनेका हुन् ।निरौलासँगै सांसद शेखरचन्द्र थापा र बिन्दीया कार्की पनि महाधिवेशन प्रतिनिधिमा मोरङमा नै पराजित भएका छन् । सांसद थापा मोरङको क्षेत्र नम्बर क्षेत्र नं. ३ र कार्की मोरङको क्षेत्र नं. ६ मा पराजित भएका हुन् ।अध्यक्ष निरौला र सांसद द्वय पराजित हुँदा विवादास्पद छविका स्वास्थ्य उद्यमी सुनिल शर्मा भने मोरङ ३ बाट निर्वाचित बनेका छन् ।  

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 76 पटक पढिएको
  • कांग्रेस अधिवेशन : प्यानलसहित थेवेले गरे उमेरद्धारी घोषणा

    झापा / नेपाली कांग्रेसको १४ औ महाअधिवेशन अन्तर्गत हुन लागेको झापा जिल्लाको अधिवेशनका लागि देउकुमार थेबेले प्यानलसहितको उम्मेद्वारी घोषणा गरेका छन् । थेबे नेतृत्वको प्यानले बुधबार बिर्तामोडमा पत्रकार भेटघाटमार्फत उम्मेद्वारी घोषणा गरेको हो । मंसिर १० गते हुने निर्वाचनका लागि थेवे प्यानलको उपसभापतिमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिब कृष्ण हुमागाई र नबिन बिमली र सह–सचिवमा कालेन्द्र राजवंशी र कमल भण्डारीले उम्मेद्वारी घोषणा गरेका छन् । अन्य पदाधिकारीको भूगोलको आधारमा सन्तुलन मिलाइने जनाइएको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 110 पटक पढिएको
  • बालिका खड्कालाई एमालेमा निशेध

    विराटनगर / नेकपा (एमाले) की नेता बालिका खड्काले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका नेताहरूलाई तथानाम गाली गरेकी छिन् । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई  आफू माथि  यौन दुर्व्यवहार गरेको आरोप लगाउदै आएकी खड्काले एमालेले आफ्नो सङ्गठित सदस्य नवीकरण नगरेको भन्दै अध्यक्ष ओलीसहित पार्टीका सबै नेताहरूलाई तथानाम गाली गरेकी हुन् । आफ्नो सङ्गठित सदस्यता नवीकरण नभएको भन्दै बालिकाले राई विरुद्ध अपशब्द प्रयोग गर्दै दुई दिनको अवधिमा सामाजिक सञ्जाल फेसबुकमा एक दर्जन भन्दा वढी स्टाटस लेखेकी छिन् । ‘गु धने र... को छोराले गर्दा मेरो सङ्गठित सदस्यता रिन्यु भएन।

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 358 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा