काठमाडौं–नेपाली काँग्रेसका कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको पुन: मुख्यमन्त्री बन्ने भएका छन् । नेपाली काँग्रेस र नेकपा (एमाले) बिच भएको सहमति अनुसार प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्दैछ ।

काँग्रेसका एक प्रदेश सभा सदस्यका अनुसार काँग्रेसले औपचारिक रूपमा कमलबहादुर शाहलाई फेरि मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । आज बिहान ११ बजे बस्ने संसदीय दलको बैठकले यसको औपचारिक निर्णय गर्नेछ । त्यसपछि शाहले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेछन् ।

OM Sai Pathibhara Hospital

प्रदेश प्रमुख नाजिर मियाँले संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि आज बेलुका ५ बजेसम्मको लागि समय सीमा तोकेका छन् । यसअघि, अल्पमतमा परेपछि गत चैतमा शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।