काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एउटा गतिलो रंगशाला बनाउनुपर्यो’ भन्ने सुझाव सबैभन्दा बढी आएको बताएका छन् ।
शनिवार बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा क्यानका पदाधिकारीहरूसँगको संवादपछि उनले यस्तो बताएका हुन् । “सामाजिक सञ्जालमा मलाई एउटा गतिलो रंगशाला बनाउनुपर्यो भन्ने सुझाव सबैभन्दा धेरै आएको छ,” उनले भने, “यो सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रंगशाला बनाउने छ ।”

प्रधानमन्त्री ओलीले क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतसँग संवाद गरेका थिए ।