धनगढी–सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरका छन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, आइतबार साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको हो । 

विज्ञप्तिमा भनिएको छ, माननीय मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मिति २०८१/४/१८ गते नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्रीको पदबाट राजीनामा दिनुभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि यही साउन २० गते बेलुका ५ बजे भित्र दाबी पेस गर्न आह्वान गरिएको छ ।

OM Sai Pathibhara Hospital

यसअघि, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिनुभएको थियो । उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा दिनुभएको हो । मुख्यमन्त्री सोडारीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आफूले मार्ग प्रशस्त गरेको घोषणा गर्नुभएको थियो ।  

Aahawan sambandi