काठमाडौं- सत्तारुढ नेकपा एमालेका सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले का‌ग्रेस–एमाले सबै राजनीतिक दलहरूलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताएका छन् । 

ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गरिने उल्लेख गरे । संविधानलाई गतिशील बनाउने गरी संशोधन गर्ने सोच अघि सारिएको उल्लेख गर्दै उनले त्यसमा आवश्यक सुझाव दिन पनि विज्ञहरूलाई आग्रह गरे । 

OM Sai Pathibhara Hospital

सचिव भट्टराईले दुई ठूला दलको सरकार बनेयता मुलुकमा सकारात्मक सन्देश गएको दावी गर्दै यसले यसले मुलुकलाई सही दिशामा अघि बढाउने विश्वास व्यक्त गरे । 

सचिव भट्टराईले सरकारले मुलुकमा वाह्य लगानी भित्र्याउने गरी वैदेशिक सम्बन्धलाई अघि बढाउने उल्लेख गरे ।