काठमाडौं-नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी गराउन चार मन्त्रीको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको दलको बैठकले निम्न चार जनालाई सिफारिस गर्ने निर्णय गरेको होस्
आर्थिक मामिला तथा योजना मन्त्रालय–राजीवविक्रम शाह

सामाजिक विकास मन्त्रालय–घनश्याम भण्डारी
ऊर्जा तथा जलस्रोत मन्त्रालय–विजया बुढा
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय–सुरेश अधिकारी
प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सिफारिस गरेका मन्त्रीहरूको नाम मुख्यमन्त्रीसमक्ष पठाएको जानकारी दिए । उनका अनुसार चारै जना मन्त्रीलाई तत्काल नियुक्ति दिएर शपथ ग्रहणका लागि मुख्यमन्त्रीसमक्ष नाम पठाएको छ ।
सिफारिस मन्त्रीहरुमा विजया बुढा हुम्ला, राजीवविक्रम शाह जाजरकोट, सुरेश अधिकारी सल्यान, र घनश्याम भण्डारी दैलेखबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । तर चार मन्त्रीको नियुक्ति तथा शपथ शुक्रबार हुन सकेन् ।
श्रोतका अनुसार अर्थ मन्त्रालय कँडेल आफैंले राख्न खोज्दा नियुक्ति र शपथमा समस्या भएको भनिए पनि मुख्यमन्त्री कार्यालयले समय अभावका कारण हुन नसकेको बताएको छ ।