राजनीति

    Showing 6,031-6,040 of 10,353 items.
  • एकीकृत समाजवादी पदाधिकारी निर्वाचन : मत गणना सुरु

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न मतदानमा २२ जना अनुपस्थित भएका छन्। ३४४ केन्द्रीय सदस्य रहेको नेकपा एसमा ३२२ मत मात्रै खसेको छ।  पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भएको मतदान सकिएसँगै मतगणना सुरु भएको छ। मंगलबार साँझ १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको थियो। वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत भएका छन्। 

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 304 पटक पढिएको
  • प्रचण्डले आक्रोश पोख्नु सरकार गुमाउनुको पीडा : रामहरि खतिवडा

    काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रोशपूर्ण अभिव्यक्ति दिएको बताएका छन्।मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार बनेको छोटो समयमै यस प्रकारको आक्रोश देखाउनु सरकारबाट बाहिरिनु पर्दाको पीडा रहेको उल्लेख गरे। अध्यक्ष प्रचण्डको आक्रोश कांग्रेस र एमालेप्रति र डेडिकेटेड लाइन र ट्रंक लाइनको बारेमा मात्रै रहेको पनि बताए। विगतमा दाहाल नेतृत्वको सरकारका कामहरू पनि आफूले हेरेको भन्दै जिम्मेवारीका साथ प्रस्तुत हुन नसकेको बताए।सार्वजनिक लेखा समितिको सभापतिको विषयमा तत्कालिन प्रतिपक्ष दल

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 419 पटक पढिएको
  • प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अन्तरिम आदेशविरुद्ध निवेदन

    काठमाडौँ- नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन सर्वोच्चले दिएको अन्तरिम आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा भ्याकेट निवेदन परेको छ। सर्वोच्च अदालतका सूचना अधिकारी गोबिन्दप्रसाद घिमिरेले भ्याकेट निवेदन आएको बताउँदै छलफलकै क्रममा रहेको र दर्ता हुन बाँकी रहेको जानकारी दिए। एकल इजलासले गरेको यो आदेशविरुद्धको भ्याकेट संयुक्त इजलासले सुनुवाइ गर्नेछ। महान्यायाधिवक्ताको कार्यालय मार्फत साँझ ५ बज्न लाग्दा भ्याकेट सर्वोच्च पुगेकाले दर्ता गर्न नभ्याइएको सर्वोच्च प्रशासनले जनाएको छ।गत बिहीबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले २१ प्रहरी अधिकारीहरुको रिटमा सुनवाइ गर्दै ३० वर्

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 366 पटक पढिएको
  • प्रधानमन्त्रीसहित सांसदहरूले एकसाथ ध्यान गर्ने

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघीय संसद्का दुवै सदनका सांसदहरूले एकसाथ ध्यान र योग गर्ने भएका छन् । जीवन विज्ञान प्रतिष्ठानले संसद् सचिवालयसँग मिलेर भदौ १४ गते ध्यान शिविर गर्न लागेको हो । प्रधानमन्त्री ओली प्रमुख अतिथि रहने सो कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहित दुवै सदनका सांसदहरूको सहभागितामा ध्यान शिविर हुन लागेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा हुने सो कार्यक्रममा सहभागी हुन सांसदहरूलाई योगाभ्यास गर्न सहज हुने खुकुलो पोसाक लगाएर आउन आयोजक जीवन विज्ञान प्रतिष्ठानले आग्रह समेत गरेको छ । कार्यक्रमपछि आय

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 367 पटक पढिएको
  • टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने दुई जना पक्राउ

    काठमाडौं- टुँडिखेलमा सोमबार ओली र देउवाविरुद्ध नाराबाजी गर्ने दुई जना पक्राउ परेका छन् । गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्ने दुई युवकलाई मंगलबार पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए । उनीहरुलाई चाडपर्वको कार्यक्रममा पुगेर नाराबाजी गर्दै बिथोल्न खोजेको आरोपमा पक्राउ गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उपस्थित कार्यक्रममा युवाहरूले चर्को नाराबाजी गरेका थिए । नाराबाजीमा संलग्न अरुमाथि पनि अनुसनधान भइरहेको रजौरेले बताए । विभिन्न मिडयामा आएका भिडिओ र टुँडिखेल वरिपरिका सीसीटीभी फ

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 389 पटक पढिएको
  • सरकारलाई सच्चिनुको विकल्प छैनः सभापति लामछिाने

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई सच्चिनुको विकल्प नरहेको बताएका छन् । आज संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब जे पनि चल्दैन भन्नेकुरा नेतृत्व तहलाई ज्ञात हुनुपर्ने बताए । सभापति लामिछानेले राजनीतिलाई अहिले आम नागरिकहरुले चासोका साथ हेरेको पनि बताए । ‘राजनितिलाई आम नागरिकले चासोका साथ राजनीतिलाई हेरेका छन् । राजनीतिक रुपमा हामीले हस्तक्षेप गर्न आयौँ । अब आम नागरिकले पनि हस्तक्षेप गर्न शुरु गरे भन्ने संकेत दिएको छ । जनता जागिरहेका छन्।’ लामिछानेले भने । सभापति लामिछानेले भ्रष्टाचार ढाकछोप गर्नतिर नलाग्न सरकारलाई सच

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 360 पटक पढिएको
  • ओमानका विदेशमन्त्रीद्धारा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट

    काठमाडौं- नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्री अल्बुसैदीले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटका अवसरमा दुई देशबीचको सम्बन्ध, द्धिपक्षी हित र चासोसहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल लगायत उपस्थित रहेका थिए । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा ओमानका विदेशमन्त्री

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 388 पटक पढिएको
  • प्रधानमन्त्री, मन्त्रीहरुलाई संसदीय समितिको निर्देशन : भाषण सुनेर जनता दिक्का भए, अब काममा ध्यान दिनुस्

    काठमाडौं- संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीहरुलाई भाषणमा भन्दा पनि काममा बढी ध्यान दिन निर्देशन दिएको छ ।संसदको विकास, आर्थिक मामिला तथा सुशासन समितिले आज प्रधानमन्त्री र मन्त्रीले भाषण भन्दा पनि काम गर्न आवश्यक रहेको भन्दै धेरै नबोल्न निर्देशन दिएको हो ।बैठकमा सभापति कमला पन्तले जनताले सरकारले काम गरेको हेर्न चाहेकाले प्रधानमन्त्री र मन्त्रीहरुले भाषण भन्दा काममा ध्यान दिन आग्रह गरिन् । विशेष गरी प्रधानमन्त्रीले बोल्ने कुराहरु कानून जस्तै भएकाले प्रधानमन्त्रीले बोल्दा पनि आवश्यक सतर्कता अपनाउन तथा काम गरेर देखाउन आवश्यक रहेको उनको भनाई छ । ‘प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 378 पटक पढिएको
  • लेखा समिति पाउनुपर्ने माओवादीको माग जायज : चित्रबहादुर केसी

    काठमाडौं- राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (माओवादी केन्द्र) को सार्वजनिक लेखा समिति सभापति पाउनुपर्ने माग जायज रहेको टिप्पणी गरेका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले प्रमुख प्रतिपक्ष दलको हैसियतमा माओवादी केन्द्रले सो पद माग गर्नु उचित भएको जिकिर गरे । अध्यक्ष केसीले आफ्नो पार्टीले पनि प्रतिपक्षी दलको हैसियतमा रहँदा सो पद पाएको स्मरण गराउँदै त्यो नियमको पालना गर्न सत्तारुढ दलहरुसँग आग्रह समेत गरे । यस्तै उनले सत्तामा रहँदा भ्रष्टाचारीलाई जोगाउने र सत्ताबाट बाहिरिएपछि त्यसको विरोध गर्ने परिपाटी ठूला दलहरुमा रहेकाले मुलुकमा भ्रष्टाचार बढ्द

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 375 पटक पढिएको
  • कांग्रेसमा दुई महामन्त्रीको प्रतिवेदन विवादः केन्द्रिय समिति बैठक सर्‍यो

    काठमाडौं- दुई महामन्त्रीको प्रतिवेदनमा विवाद भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा चर्को विवाद भएपछि भोली बस्ने भनिएको बैठक सारिएको हो । बैठक अब भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति खोज्न आज सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूणर्बहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेका थिए ।महामन्त्री थापाको चुनावी गठबन्धन नगर्ने र शर्माको ‘एक्जिट पोलिसी’ प्रस्तावमाथि संस्थापन पक्षले चर्को विरोध गरिरहेका छन् ।

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 505 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.