काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई सच्चिनुको विकल्प नरहेको बताएका छन् । 

आज संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब जे पनि चल्दैन भन्नेकुरा नेतृत्व तहलाई ज्ञात हुनुपर्ने बताए । 

OM Sai Pathibhara Hospital

सभापति लामिछानेले राजनीतिलाई अहिले आम नागरिकहरुले चासोका साथ हेरेको पनि बताए । 

‘राजनितिलाई आम नागरिकले चासोका साथ राजनीतिलाई हेरेका छन् । राजनीतिक रुपमा हामीले हस्तक्षेप गर्न आयौँ । अब आम नागरिकले पनि हस्तक्षेप गर्न शुरु गरे भन्ने संकेत दिएको छ । जनता जागिरहेका छन्।’ लामिछानेले भने । 

सभापति लामिछानेले भ्रष्टाचार ढाकछोप गर्नतिर नलाग्न सरकारलाई सचेत समेत गराए ।