काठमाडौं- संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीहरुलाई भाषणमा भन्दा पनि काममा बढी ध्यान दिन निर्देशन दिएको छ ।

OM Sai Pathibhara Hospital

संसदको विकास, आर्थिक मामिला तथा सुशासन समितिले आज प्रधानमन्त्री र मन्त्रीले भाषण भन्दा पनि काम गर्न आवश्यक रहेको भन्दै धेरै नबोल्न निर्देशन दिएको हो ।

बैठकमा सभापति कमला पन्तले जनताले सरकारले काम गरेको हेर्न चाहेकाले प्रधानमन्त्री र मन्त्रीहरुले भाषण भन्दा काममा ध्यान दिन आग्रह गरिन् । 

विशेष गरी प्रधानमन्त्रीले बोल्ने कुराहरु कानून जस्तै भएकाले प्रधानमन्त्रीले बोल्दा पनि आवश्यक सतर्कता अपनाउन तथा काम गरेर देखाउन आवश्यक रहेको उनको भनाई छ । 

‘प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्नुस अहिले काम गर्नुस् । काम गरेपछि बोलेको भन्दा बढी हुन्छ । जनता मन्त्रीहरुको भाषण सुनेर दिक्क भएका छन् ।’ सभापति पन्तले भनिन् । 

उनले सरकारले कृषिमा आधारित उद्योगहरु बढाउन आवश्यक रहेको भन्दै कृषि र उद्योग मन्त्रालयको समन्वय मार्फत लगानीको वातावरण बनाउन बैठक मार्फत आग्रह समेत गरिन् ।