काठमाडौं- दुई महामन्त्रीको प्रतिवेदनमा विवाद भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा चर्को विवाद भएपछि भोली बस्ने भनिएको बैठक सारिएको हो । 

OM Sai Pathibhara Hospital

बैठक अब भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति खोज्न आज सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूणर्बहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेका थिए ।

महामन्त्री थापाको चुनावी गठबन्धन नगर्ने र शर्माको ‘एक्जिट पोलिसी’ प्रस्तावमाथि संस्थापन पक्षले चर्को विरोध गरिरहेका छन् ।