काठमाडौं- नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज शिष्टाचार भेट गरेका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्री अल्बुसैदीले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । 

OM Sai Pathibhara Hospital

भेटका अवसरमा दुई देशबीचको सम्बन्ध, द्धिपक्षी हित र चासोसहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सो अवसरमा प्रधानन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल लगायत उपस्थित रहेका थिए । 

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा ओमानका विदेशमन्त्री दुईदिने औपचारिक भ्रमणका क्रममा हिजो नेपाल आएका हुन् । 

नेपालको ओमानसँग ‘सन् १९७७ जनावरी २१’ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।